सम्वृद्धि बचत तथा ऋण सहकारीको १७ औं बार्षिक साधारण सभा शुभारम्भ

बनेपा÷सम्वृद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बनेपा नगरपालिक ५ ले १७ औं बार्षिक साधारण सभा शुभारम्भ गरेको छ । मसिंर ४ गते विहिबार शुरु भएको साधारण सभाको समापान मसिंर ६ गते समापन हुनेछ । अध्यक्ष साधुराम दाहालको अध्यक्षतामा साधारण सभा शुभारम्भ भएको हो ।

वडा अध्यक्ष तथा संस्थाका शेयर सदस्य बलराम अधिकारीको प्रमुख आतिथ्यतामा शुरु भएको कार्यक्रममा संस्थाका बयोवृद्ध सदस्य ९२ बर्षिय चेतनाथ तिमल्सिनाको विशेष आतिथ्यता रहेको थियो । संस्थाका सचिव पुष्पराज कोईराला, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पुर्व अध्यक्ष मोतीराम तिमल्सिना, संस्थाका लेखा समिति संयोजक श्यामप्रसाद दाहाल, संचालक समिति सदस्य, प्रवन्धक अनुप धिताल लगायतले सहकारीका विषयमा जानकारी गराएका थिए ।
सहकारीमा एक हजार १ सय २२ शेयर सदस्य छन् । कुल कारोवार २५ करोड ८८ लाख ५४ हजार ६ सय ९३ रहेको सहकारीले १५ प्रतिशत लाभाशं वितरण गर्ने निर्णय गरेको छ । २ करोड ८३ लाख १५ हजार शेयर पुँजी रहेको छ भने ५ करोड ४४ लाख जगेडा कोषमा रहेको छ । निक्षेप संकलन १७ करोड ३२ लाख  ४५ हजार  रुपैया पुगेको छ भने १३ करोड ९७  लाख १ हजार रुपैया लगानी रहेको छ ।