सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी
सिंहदरबारमा अहिले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसिरहेको छ । बाराको सिमरामा उत्पन्न तनाव, एमालेले काठमाडौंमा गर्न लागेको जनप्रदर्शन साथै समग्र शान्ति सुरक्षाको अवस्थाबारे बुझ्न र थप रणनीति अपनाउन प्रधानमन्त्री सुशीला कार्कीले बैठक राखेको बताइएको छ ।
बैठकमा अर्थमन्त्री, गृहमन्त्री एवं सुरक्षा निकायका प्रमुखहरू उपस्थित छन् ।
बारामा हिजो एमाले कार्यकर्ता र जेनजी समूहको झडपछि अहिलेसम्म अवस्था तनावग्रस्त छ । स्थानीय प्रशासनले अहिले सिमरा क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ ।






