सरकार र बञ्चरेडाँडावासीबीच ११ बुँदे सहमति, फोहोर विसर्जनमा भएको अवरोध हट्यो
सरकार र बञ्चरेडाँडावासीबीच ११ बुँदे सहमति भएको छ । सिंहदरबारमा आज भएको सरकार र बञ्चरेडाँडावासीबीचको छलफल ११ बुँदे सहमतिसहित टुङ्गिएको हो ।
सरकार र बञ्चरेडाँडावासीबीच भएको सहमतिमा स्थानीयवासीलाई विगतमा चलाइएको मुद्दाहरूको सम्बन्धमा तत्काल निर्णय गरी पत्राचार गर्ने, ईआईए प्रतिवेदन छिटो तयार गर्नका लागि कन्सलटेन्ट कम्पनीलाई पत्राचार गरी त्यसको लिखित प्रतिबद्धतासमेत लिने, आउँदो आर्थिक वर्षको बजेटमा ईआईए प्रतिवेदन अनुसारको जग्गा अधिकरणका लागि आवश्यक बजेट विनियजन गर्ने कार्य अगाडि बढाउने सहमति भएको छ ।
त्यस्तै बञ्चरेडाँडाका स्थानीयवासीहरूका लागि तत्काल चालू आर्थिक वर्षको घर टहरा तथा बालीको मुआब्जा दिनका लागि काठमाण्डौ महानगरपालिकालाई पत्राचार गर्ने लगायत सहमति भएको छ ।






