आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
काठमाडौँ/ राष्ट्रिय सभा अन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्ने भएको छ ।
बैठक आज बिहान ११ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति हलमा बस्ने तय भएको हो ।
बैठकमा अध्यागमन ऐन, २०४९ र सो अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूको सम्बन्धमा सरोकारवाला निकाय एवं विज्ञहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ ।






