७७ वटै जिल्लामा जेन–जीसँग संवाद गर्दै रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीले ७७ वटै जिल्लामा जेन–जी उमेर समूहका युवाहरूसँग संवाद गर्ने भएको छ । रास्वपाको केन्द्रीय समितिले निर्णय गरेर पार्टीमा युवा सहभागिता बढाउका लागि ७७ वटै जिल्लामा जेन–जी उमेर समूहका युवासँग राजनीतिक विषयमा छलफल र संवाद गर्ने निर्णय गरेको हो ।

७७ वटै जिल्लामा सक्रिय पार्टी संयन्त्रले जेन–जी उमेर समूहका युवासँग संवाद गर्ने रास्वपा केन्द्रीय समितिले निर्णय गरेको हो ।

बिहीबार सार्वजनिक रास्वपा केन्द्रीय समितिको निर्णयमा निर्वाचन लक्षित कार्यक्रम अन्तर्गत पार्टीमा युवाहरूलाई आबद्ध गर्नका लागि उक्त कार्यक्रम आयोजना गर्ने निर्णय लिइएको हो ।