माइतीघरमा एमालेनिकट नेशनल भोलेन्टियर फोर्सको प्रदर्शन
काठमाडौँ / नेकपा एमालेको नेशनल भोलेन्टियर फोर्सले काठमाडौँमा प्रदर्शन गरेको छ । शुक्रवार मध्यान्ह फोर्सले काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।
फोर्सले काठमाडौँको सामाखुसी र ललितपुरको जावलाखेलबाट र्याली सुरु गरी बबरमहल, माइतीघर हुँदै बानेश्वरसम्म मार्च पास गरी प्रदर्शन गरेको छ ।
शुक्रवार काठमाडौँस्थित एक होटलमा फोर्सको केन्द्रीय कमाण्ड घोषणा गरिनेछ ।
फोर्स पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा हुनेछ । जसका लागि काठमाडौँका विभिन्न स्थानमा सुरक्षा मजबुत बनाइएको छ ।






