चैतन्य बहुमुखी क्याम्पसको आठौं क्याम्पस सभा

बनेपा/ उच्च शिक्षाका लागी स्थापना गरिएको चैतन्य बहुमुखी क्याम्पसको आठौं क्याम्पस सभा सम्पन्न भएको छ ।
सभाले क्याम्पसमा सञ्चालन हुने महत्वपूर्ण योजनाहरु सहितको प्रस्ताव पारित गरेको छ । झण्डै १ करोड २२ लाख ५८ हजारको बार्षिक बजेट कार्यक्रम समेत सभाले पारित गरेको छ । क्याम्पस प्रमुख जुजुभाई मानन्धरले क्याम्मपसको वार्षिक प्रतिबेदन प्रस्तुत गर्दै क्याम्पसमा हाल २ सय ५ जना बिद्यार्थीहरु अध्यनरत रहेका छन् भने क्याम्पसमा वि.वि एस, विएड, एम एड का कार्यक्रमहरु सञ्चालन भैईरहेको बताए ।
शैक्षिक बिकासमा आफूलाई उत्कृष्ट गन्तव्यको रुपमा बिकास गर्दै लगेको उक्त क्याम्पसले काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुली जिल्लासम्मका विद्यार्थीहरूका लागि उच्च शिक्षा प्रदान गरेको मानन्धरले बताए ।

क्याम्पसमा प्रत्यायन तथा प्रत्यापन कार्यक्रम अन्तर्गत रणनीतिक योजना निर्माण, स्व अध्ययन प्रतिवेदन तयार पार्दै संस्थागत सुधारका लागि आवश्यक कार्ययोजना निर्माण र कार्यान्वयनमा सक्रिय रूपमा संलग्न हुँदै आएको बताए । यस क्रममा क्याम्पसले शैक्षिक गुणस्तर वृद्धि र प्रत्यायन प्राप्तिको दिशामा महत्वपर्ण कदम अगाडि बढाउँदै आएको क्याम्पस प्रमुख मानन्धरले सभामा बताए ।
क्याम्पस सभामा वागमती प्रदेशका सामाजिक विकास मन्त्री कन्चनचन्द्र वादेको प्रमुख आतिथ्यतामा तथा संचालक समिति अध्यक्ष डा.मदनकाजी मानन्धरको सभापतित्व रहेको थियो । प्रमुख अतिथी बादेले बनेपामा उक्त क्याम्पसको लामो ईतीहास रहेको बताए । चैतन्य क्याम्पसलाई प्रदेश विश्वविद्यालय माताहत ल्याई आंगिक क्याम्पस बनाउन पहल गरिने बताए ।

जिल्लामा १ वटा आंगिक क्याम्पस भएमा सम्पुर्ण विद्यार्थीहरुको लागी राहत हुने बादेले बताए । क्याम्पस सभामा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, क्याम्पस सभा सदस्य दयामान कर्माचार्य, पब्लिक क्याम्पस सघं अध्यक्ष सेमन्त भण्डारी, स्ववियु सभापति राजु लामा लगाएतले क्याम्पसका बारेमा मन्तब्य राखेका थिए ।

कार्यक्रममा स्वागत मन्तब्य सञ्चालक समिति सदस्य राजभाई मानन्धरले राखेका थिए भने सञ्चालन प्राध्यापक राजेशराज महतले गरेका थिए ।