तेजगंगा बहुखमुखी क्याम्पसको छैटौं क्याम्पस सभा

पनौती/तेजगंगा बहुमुखी क्याम्पस पनौतीको छैटौ क्याम्पस सभा सम्पन्न भएको छ । अध्यक्ष शिवबहादुर देउजाको अध्यक्षतामा आयोजित सभामा क्याम्पस सभा सदस्य, क्याम्पस संचालक समिति, क्याम्पसका प्राध्यापक कर्मचारी तथा शुभचिन्तकहरुको सहभागिता रहेको थियो ।

२०५७ साल मसिंर ६ गते त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धन प्राप्त गरी संचालनमा आएको पनौती क्षेत्रको तेजगंगा बहुमुखी क्याम्पसमा विएड, विए, विविएस, एमएड र एमविएस कार्यक्रम संचालनमा छन् । २०७९ असार २९ गते देखि क्याम्पसले गुणस्तर सुनिश्चितता अर्थात क्यूएए प्रमाणपत्र प्राप्त गरेको थियो । सभामा आर्थिक वर्ष २०८०/२०८२ तथा चालु वर्ष २०८२/२०८३ का शैक्षिक कार्यक्रमहरु प्रस्ताव सहित पास गरिएको थियो । कार्यक्रममा तहगत अर्थात संकाय अनुसार विद्यार्थी भर्ना दर, महिला, पुरुष, जनजाती, दलितको संख्याका बारेमा जानकारी गराईएको थियो भने विद्यार्थी उर्तिण दर दिक्षित हुने विद्यार्थीहरुको दरका बारेमा समेत जानकारी गराईएको थियो ।

क्याम्पस सभामा संचालित कार्यक्रमका अलावा थप कार्यक्रमहरु विविए र विसिए प्रस्ताव गरिएको छ । पढाई छाड्ने प्रवृत्तिका बारेमा विद्यार्थीहरुलाई रोजगार सहितको शिक्षा प्रदान गर्नु पर्नेमा संस्थापक क्याम्पस प्रमुख डा.अम्बुभवानी कार्कीले जोड दिईन् ।

शिक्षण विधी, भौतिक पूर्वाधार, शैक्षिक उपकरणहरुको अवस्था, पुस्तकालयको अवस्था, आर्थिक प्रगति लगायतका विषयमा जानकारी गराउँदै शिक्षा क्षेत्रको मुद्दा र चुनौतीहरुका बारेमा जानकारी गराईएको थियो । वर्तमान अवस्थामा देखिएका चुनौतीहरु सामना गर्न क्याम्पसले अवलम्वन गरेका प्रयासका बारेमा सभामा जानकारी गराईएको थियो । सभामा २०८२/२०८३ को बार्षिक कार्यक्रम अनुसार शैक्षिक कार्यक्रम संचालन नीति तथा रणनीति प्रस्तुत गरिएको थियो । चालु वर्षका लागि १ करोड ७२ लाख ११ हजारको अनुमानित आय ब्यय प्रस्तुत गरिएको सभामा आर्थिक वर्ष २०८१/२०८२ मा १ करोड ५६ लाख २३ हजार ८१ खर्च भएको छ ।

सभामा संस्थापक क्याम्पस प्रमुख डा.अम्बुभवानी कार्की, सहायक क्याम्पस प्रमुखद्धय भिमसेन केसी र मुक्तिनाथ काफ्ले, पुर्व सांसदहरु तथा क्याम्पस सभा सदस्यहरु शिला कतिला र रामहरी सुवेदी, वडा अध्यक्ष सविन ताम्राकार, सभाका सदस्यहरु सन्तोष केसी, डा. सजन स्याउला, डा.शिवजी सापकोटा, सत्यनारायण श्रेष्ठ, प्रा.डा.कृष्णप्रसाद ओझा, नेपाल पब्लिक क्याम्पस संघका केन्द्रीय महासचिव गोविबहादुर कार्की, नेपाल संस्कृत विश्वविद्यालयका पुर्व उपकुलपति प्रा.डा.यादवप्रसाद लामिछाने लगायतले क्याम्पसका सन्र्दभमा र शैक्षिक क्षेत्रका चुनौतीका विषयमा धारणा राखेका थिए ।