कम्प्युटर एशोसियसन नेपाल महासंघ काभ्रेपलाञ्चोकको २१ औं साधारण सभा

बनेपा/कम्प्युटर एशोसियसन नेपाल महासंघ काभ्रेपलाञ्चोकले २१ औ साधारण सभा र साधारण सभाको अवसरमा सूचना प्रविधि कार्यशाला गोष्ठी आयोजना गरेको छ । विशेषगरी प्रविधिको युगमा एआईलाई ब्यवसायीकताका रुपमा कसरी प्रयोग गर्न सकिन्छ ? भन्ने सन्र्दभमा सदस्यहरुलाई कार्यमुलक प्रशिक्षण दिईएको थियो ।
अध्यक्ष देवकी आचार्य दुलालको अध्यक्षतामा सम्पन्न सभामा केन्द्रीय समितिका उपाध्यक्ष एवं काभ्रेका पुर्व अध्यक्ष शेखरनाथ दुलालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी केन्द्रिय उपाध्यक्ष दुलालले काभ्रेपलाञ्चोक जिल्लामा साईबर सुरक्षाका बारेमा नागरिकहरुलाई सचेत गराउँदै सूचना प्रविधिलाई ब्यवसायीकताका रुपमा अघि बढाउने मुख्य उदेश्य रहेको बताए । नागरिकहरुलाई पछिल्लो समय फिजिकल भन्दा डिजिटल रुपमा सहभागि गराउँदै सूचना प्रविधिलाई ब्यवसायीकता तर्फ उन्मुख गराउन र प्रयोगमा ल्याउन सहज, सरल र सुरक्षा सहितका विषयमा जेन्जी पुस्तालाई अभिमुखिकरण गर्नु पर्नेमा दुलालले जोड दिए । साथै विद्यालय स्तरमा आईसिटी क्लव गठन गर्ने, प्रत्येक विद्यार्थीलाई सूचना प्रविधि, त्यसको सहि प्रयोग तथा उपयोग, असुरक्षा तथा त्यसले पर्न सक्ने असरका बारेमा समेत जानकारी गराउँदै एआईसँगको ब्यवसायीकतामा अभिभावकलाई समेत अभ्यस्त गराउन सीपसँगै रोजगार र सीपमा पोख्त जनशक्ति उत्पादनमा क्यान महासंघले अगुवाई गर्ने बताए । नेपालमा नमुना बनिरहेको ई–भिलेज कार्यक्रम पनि काभ्रेपलाञ्चोक जिल्लाबाट शुरु भएको बताउँदै दुलालले अवबको समाज डिजिटल तर्फ उन्मुख भएकाले त्यहिसँग साक्षात्कार गरिनु पर्ने बताए । कार्यक्रममा केन्द्रिय सदस्य हेमपाल श्रेष्ठले एआईको ब्यवसायीकताका बारेमा अभिमुखिकरण गराएका थिए ।
सभामा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, काभ्रे उद्योग बाणिज्य संघका महासचिव रजित पलाञ्चोके, क्यान महासंघ बागमती प्रदेशका उपाध्यक्ष विकास पन्त लगायतले क्यान महासंघका अवका चुनौती र डिजिटल समाज निर्माणका लागि खेल्नु पर्ने भूमिकाका बारेमा धारणा राखेका थिए । सभामा अध्यक्ष देवकी आचार्य दुलालले कार्यतालिका अनुसार क्यान महासंघले बार्षिक कार्यक्रमरु संचालन गरिरहेको बताईन् । सभामा सचिव केवलप्रसाद तिमल्सिनाले बार्षिक प्रतिवेदन र कोषाध्यक्ष श्यामगोपाल श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा कार्यसमिति सदस्य विनिता गिरीले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रममा  विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।