अर्थभूमि सहकारी धुलिखेलको १६ औं बार्षिक सभा
धुलिखेल/अर्थभूमि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औ बार्षिक साधारण सभा धुलिखेलमा सम्पन्न भएको छ । अध्यक्ष जयकृष्ण न्हसिजुको अध्यक्षतामा सम्पन्न सभामा प्रस्तुत बार्षिक तथा आर्थिक र लेखा परिक्षण सर्वसम्वतले पारित गरिएको थियो ।
आर्थिक वर्ष २०८१/२०८२ को अन्त्यसम्ममा १ करोड २५ लाख ३७ हजारको शेयर पुँजी, १५ करोड ७४ लाख १६ हजार रुपैयाको बचत तथा निक्षेप संकलन रहेको सभामा जानकारी गराईएको थियो । प्रवन्धक शैलेन्द्र श्रेष्ठका अनुसार सहकारीले कर्जा तथा ऋण लगानी १४ करोड ३ लाख रुपैया गरेको छ । बार्षिक १ करोड ६५ लाख रुपैया कुल आम्दानी गरेको सहकारीमा ७७ लाख ४ हजार रुपैया विभिन्न कोषमा जम्मा गरिएको छ ।
सभामा लेखा संयोजक सुनिता सोँजुले लेखा प्रतिवेदन प्रस्तुत गरेकी थिईन् । उपाध्यक्ष नरबहादुर तामाङ, सचिव सञ्जिव कुमार माकजु, कोषाध्यक्ष विरकर्ण माकजु लगायतले सहकारीले शेयर सदस्यहरुका लागि गरिरहेका विभिन्न कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।
साधारण सभाको अवसर पारी सहकारीले खुल्ला स्वास्थ्य शिविरको आयोजना गरेको थियो । रक्तदान तथा सामान्य स्वास्थ्य परिक्षणका लागि राखिएको शिविरमा धुलिखेल अस्पतालको प्राविधिक सहयोग रहेको थियो । सभामा शेयर सदस्यहरु, संचालक समिति तथा लेखा समिति र उप समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।





