उमंग बचत तथा ऋण सहकारी संस्थाको ९ औं सभा

बनेपा/बनेपामा रहेको उमंग बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ९ औ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । अध्यक्ष उमेश श्रेष्ठले साधारण सभाको उद्घाटन गर्दै अध्यक्षता ग्रहण गरेका थिए ।
सभामा सचिव सुमित्रा श्रेष्ठ बादेले बार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन् । आर्थिक वर्ष २०८१/२०८२ सम्ममा सहकारीमा १ हजार १ सय ८ जना शेयर सदस्य रहेका छन् ।

१३ करोड ३८ लाख ४८ हजार ५ सय १० रुपैया बचत संकलन गरेको सहकारीले १७ करोड २७ लाख ९९ हजार रुपैया ऋण लगानी गरेको छ । कोषाध्यक्ष बालाकाजी मानन्धरले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारीमा १ करोड ६० लाख ५९ हजार ६ सय शेयर पुँजी रहेको छ । संस्थाले खुद मुनाफा ७ लाख ९५ हजार ८ सय ३४ रुपैया गरेको छ । लेखा तथा सुपरिवेक्षण समितिका संयोजक तारादेवी मानन्धरले संस्थाको लेखा प्रतिवेदन प्रस्तुत गरेकी थिईन् ।
सभामा संचालक समिति, शेयर सदस्यहरु, लेखा समिति तथा उप समितिका सदस्यहरु लगायतको सहभागिता रहेको थियो । सभामा आगामी वर्षका लागि नीति तथा कार्यक्रम र बजेत समेत प्रस्तुत गरिएको थियो ।