लैङ्गिक हिंसा न्यूनिकरणका लागि उद्योग वाणिज्य संघ काभ्रेको सचेतनामूलक कार्यक्रम

काभ्रे उद्योग वाणिज्य संघले लैगिंक हिंसा न्युनीकरणका लागि सचेतनामूलक कार्यक्रम गरेको छ । संघले १६ दिने लैङ्गिक हिंसाविरुद्ध को अभियानका सन्दर्भमा सचेतना कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा विभिन्न क्षेत्रमा आवद्ध ३० जना सहभागी थिए ।

प्रशिक्षक मानव अधिकारकर्मी भोजराज तिमल्सिनाले हिंसाका स्वरुप र कानुनी प्रावधान बारे जानकारी गराएका थिए । कार्यक्रममा इलाका प्रहरी कार्यालय बनेपामा कार्यरत प्रहरी निरीक्षक, संघका महासचिव रजित पलान्चोके, कार्यसमिति सदस्य पूर्णिमा प्रधानाङ्ग ,बिनु कर्माचार्य लगायतले लैंगिक हिंसा आधुनिक समाजको कलंक भएको भन्दै विभेद अन्त्यका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।