राष्ट्रिय सहकारी बैकद्धारा बाँसडोल सामुदायिक साकोस सम्मानित

बनेपा / बाँसडोल सामुदायीक बहुउदेश्यस्य सहकारी संस्था लिमिटेड वागमती प्रदेश स्तरमा उत्कृष्ट भई उत्कृष्ट सहकारी संस्था सम्मान पुरस्कार पाएको छ ।

सहकारी संस्था समुदायमा आधारीत रही सहकारी विकास, प्रर्वद्धन तथा सामाजिक रुपान्तरणका क्षेत्रमा संस्थाले पु¥याएको योगदानको कदर गर्दै राष्ट्रिय सहकारी बैकं लिमिटेडले पुरस्कृत गरेको जनाएको छ । राष्ट्रिय सहकारी संघको २२ औ वार्षिक साधारण सभाका अबसरमा सहकारीलाई सम्मान गरिएको संस्थाका अध्यक्ष सुरेन्द्र महतले बताए । बैकका अध्यक्ष महेन्द्र कुमार गिरिले बाँसडोल सामुदायीक बहुउदेश्यीय साकोसका अध्यक्ष सुरेन्द्र महतलाई सम्मान पत्र प्रदान गरेका थिए । उक्त साकोस वागमती प्रदेशको उत्कृष्ट सहकारीका रुपमा सम्मानित भएको हो ।

उक्त सम्मानले संस्थालाई जिम्मेवार, समुदायमुखी, सेवामा अझै सर्मर्पित रहन र सहकारीको मुल्यमान्यताको संरक्षण, सहकारीको निती र विधि अनुसार सञ्चालन भएकोमा सहकारी आर्थिक र सामाजिक क्षेत्रमा अझ प्रभावकारी रहने अध्यक्ष महतले बताए । संस्थाको कुल शेयर पुजीं २ करोड ३२ लाख ९२ हजार, कुल बचत १८ करोड २३ लाख ३४ हजार, ऋण लगानी १८ करोड ३३ लाख ३७ हजार, जगेडा कोष २ करोड २० लाख २ हजार, कुल पुजीं २५ करोड ४५ लाख ५ हजार रहेको प्रमुख कार्यकारी अधिकृत अनन्त तिमिल्सनाले बताए । सहकारीले सदस्यहरुको आयमा बृद्धि गर्न विभिन्न सिपमुलक तालिम, सदस्य लक्षित कार्यक्रम, विभिन्न सामाजिक कार्यहरु गर्दै आएको तिमल्सिनाले बताए ।