आज पनि बढ्यो सुनको मूल्य
काठमाडौं / नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको २ हजार ९ सय रुपैयाँले बढेको हो ।
मूल्य बढेसँगै आज सुन प्रतितोला २ लाख ४४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन तोलाको २ लाख ४१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य बढेको छ । अघिल्लो दिन शुक्रबार तोलाको ३ हजार १०० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर ३ हजार १३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।






