एकीकृत साकोसको सत्रौं वार्षिक साधारणसभा सम्पन्न, असल ऋणीलाई व्याजमा ५ प्रतिशत छुट

पनौती÷एकीकृत बचत तथा ऋण सहकारी संस्थाको सत्रौं वार्षिक साधारणसभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । सभाबाट चण्डेश्वरी मुनाकर्मीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो । उपाध्यक्षमा रविनभक्त स्याउला, सचिव सबिना सापकोटा, कोषाध्यक्ष राकेश सुन्दर सैंजु र सदस्यहरुमा रुपक ताम्राकार, दिपक मातंछे र चन्द्रकला थापा चयन भएका छन् । लेखा सुपरिवेक्षण समिति संयोजकमा वसन्तराज नेपाल निर्वाचित भएका छन् भने सदस्यमा सान्त्वना ताम्राकार र शशिकर खनाल निर्वाचित भएका छन् ।
एकका लागि सबै, सबैका लागि एक भन्ने सिद्धान्तबाट प्रेरित भई आर्थिक उन्नती र रोजगारी एकीकिृत सहकारी भन्ने मुल नारा लिएर स्थापित साकोसमा हाल २ हजार ७ सय ९७ जना शेयरसदस्य रहेका छन् । रोजगारी, सिर्जना गर्दै गरीबी न्युनिकरण, उद्यमशीलताको विकास, स्थानीय स्तरमा नै कृषि, पर्यटन लघु उद्योग विकास, पशुपालन, कला संस्कृतिको जगेर्नाका लागि सहकारीले काम गर्दै आइरहेको अध्यक्ष चण्डेश्वरी मुनाकर्मीले बताइन् ।

संस्थाको शेयरपुँजी २ करोड ५६ लाख ८ हजार ५ सय, बचत निक्षेप २२ करोड ४२ लाख ९५ हजार ५ सय ८४, ऋण लागनी १६ करोड ७३ लाख ८३ हजार ८८, जगेडा कोष १ करोड १२ लाख ९० हजार ३ सय, कुल सम्पति २७ करोड २५ लाख ८८ हजार ४ सय ३५ रहेको छ भने १३ लाख ५७ हजार ८ सय ९३ रुपैयाँ नाफा रहेको छ ।
समयमै किस्ता भुत्तानी गर्ने ऋणीहरुले संस्थामा तिरेको व्याज रकममा ५ प्रतिशत छुट दिइएको छ । आर्थिक वर्ष २०८१/८२ मा संस्थाले व्याज छुट बापत ७४ हजार ४ सय ९८ प्रदान गरेको छ । संस्थाले स्वास्थ्य उपचार स्वरुप १० हजार रुपैयाँ उपचार खर्च पनि उपलब्ध गराउँदै आएको छ ।
संस्थाले आगामी दिनमा नविनतम प्रविधिबाट घरघरमा वित्तिय सेवा र प्रभावकारी सुचना पुर्याउन मोबाइल बैकिङ सेवा, क्यूआर कोडबाट भुक्तानी सेवा, ट्याव/मोबाइलबाट बचत संकलन, कारोबारको एसएमएस अलर्ट सुविधा लगायतका सेवा विस्तारको योजना रहेको सचिव सबिना सापकोटाले जानकारी दिइन् ।