बेलर स्काउट टुप(Troop)को प्रथम दिक्षान्त समारोह सम्पन्न
बनेपा / बेलर स्काउट टुप (Troop) बनेपाले ६ महिनाको अवधिमा सञ्चालन गरिएको प्रथम तह (Membership Badge) तालिम सफलतापूर्वक सम्पन्न गर्दै पहिलो दिक्षान्त समारोह भव्य रूपमा आयोजना गरेको छ। तालिम पूरा गरेका नव–दिक्षित स्काउट भाइबहिनीहरूको औपचारिक स्वागत साथै सम्मानसमेत गरिएको यस समारोहले टुपको नेतृत्व, अनुशासन तथा समुदाय सेवाप्रति समर्पणलाई अझ सुदृढ बनाएको आयोजकले जनाएको छ।
समारोहका प्रमुख अतिथि बनेपा नगरपालिकाकी उपप्रमुख बिमला सापकोटा दाहाल रहनुभएको थियो। साथै स्काउट काभ्रे तदर्थ समिति संयोजक मोहन गोपाल श्रेष्ठ, केन्द्रीय स्काउट कार्यालय बनेपा संयोजक पुकार कर्णजित, राष्ट्रिय प्रशिक्षक सबुता मर्हजन, सहायक राष्ट्रिय प्रशिक्षक नबिना श्रेष्ठ, तथा विद्यालयका प्रधानाध्यापक इन्दु थापा अतिथिको रूपमा उपस्थित हुनुभएको थियो।
कार्यक्रमको सञ्चालन सेकेण्डरी इन्चार्ज संजित श्रेष्ठले गर्नुभएको थियो। समारोह सफलतापूर्वक सम्पन्न भएसँगै स्काउट टुप बनेपाले आगामी दिनमा अझ प्रभावकारी रूपमा विद्यार्थीहरूलाई नेतृत्व, अनुशासन र सामाजिक उत्तरदायित्वका क्षेत्रमा सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।






