बुडोल सामुदायिक साकोसको २६ औँ वार्षिक साधारण सभा सम्पन्न, नाफा ४ करोड १७ लाख
बनेपा/ बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको एकाइ बैठकबाट भएका निर्णयहरुलाई एकाइ प्रतिनिधिहरुको निर्णय प्रमाणित सभाले पारित गरेसँगै संस्थाको २६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले सहकारी संस्थाको साधारण सभा कार्यव्यवस्था निर्देशिका, २०७६ बमोजिम एकै साथ एकै समय तालिकामा साधारण सभाको चारवटा एकाइ बैठकको आयोजना गरी समान कार्य सूचीहरु उपर छलफल गरी मंसिर ६ गते एकाइ बैठकहरु सम्पन्न गरेको थियो । साधारण सभाको एकाई बैठकहरुमा कुल सदस्य संख्याको ५६ दशमलब २१ प्रतिशत सदस्यहरुको उपस्थिति रहेको थियो ।
सभाले आर्थिक वर्ष ०८१÷०८२ को मूनाफाबाट सदस्यहरुलाई ८ प्रतिशतका दरले लाभांस र संरक्षित पूँजी फिर्ता कोषमार्फत सदस्यहरुले बचतमा गरेको योगदानको लागि २.८ प्रतिशत र ऋणमा गरेको योगदानको लागि २.५ प्रतिशतका दरले अतिरिक्त लाभ वितरण गर्ने निर्णय गरेको छ । साधारण सभाले संस्थाको आफ्नै भवन निर्माण गर्न र सदस्यहरुको शेयर रकम समान रुपमा दश हजार कायम गर्न सञ्चालक समितिलाई जिम्मेवारी दिएको छ ।
सभामा पेश गरिएको अन्तिम लेखा परीक्षण प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष ०८१÷०८२ मा ४ करोड १७ लाख ८४ हजार ६ सय ७२ मूनाफा गरेको छ । सोही अवधिमा संस्थाको कुल सम्पत्ति २ अर्ब १२ करोड ७७ लाख २० हजार २ सय बचत हिसाब १ अर्ब ७२ करोड १७ लाख १० हजार, शेयर पूँजी १७ करोड २१ लाख ८९ हजार संस्थागत पूँजी १८ करोड ४५ लाख ६८ हजार, लगानीमा रहेको ऋण १ अर्ब ३४ करोड ४९ लाख ३२ हजार रहेको प्रमुख कार्यकारी अधिकृत विवेक राज ठकुरीले बताए ।
सभामा संस्थाका अध्यक्ष कैलाश केसीको सभापतित्वमा भएको थियो । एकाई सभाहरुमा संस्थाले गरेका विभिन्न गतिविधिहरुका बारेमा जानकारी दिईएको थियो । संस्थाले आर्थिक सुरक्षा कार्यक्रम, दुर्घटनमा विमा, मृत्यु राहत सहयोग, उपचार खर्च, सदस्य शिक्षा शिबिर, विद्यालयमा बुसा कार्यक्रम, क्षमता विकास तालिम, एस ई ई सम्मान, महिला भेला, जेष्ठ नागरीक सम्मान, अन्र्तक्रिया, रक्तदान, हाजिरी जवाफ, तिर्थाटन लगाएतका विविध कार्यक्रमहरु गर्दै आएको बताईएको थियो ।






