एनपिएल: काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदै
काठमाडौँ / नेपाल प्रिमियर लिग (एनपिल) अन्तर्गत आज मंगलबार दिउँसो ४ बजे प्रतिस्पर्धा हुँदैछ।
त्रिवि क्रिकेट मैदानमा जारी एनपिएलमा काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्सबीच खेल हुनेछ।
काठमाडौँले यसअघि एक खेलमा जित र अर्को दुई खेलमा हार बेहोरेको छ भने दुई अंकसहित पाँचौ स्थानमा छ।
यस्तै, लुम्बिनी लायन्स एक जित निकाल्दै दुई अंकसहित छैटौँ नम्बरमा छ।






