श्रञ्द्धाञ्जली व्यक्त गर्न काँग्रेस नेताहरु रोशीको लेकपानी पुगे
रोशी/ नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थबहादुर लामाका बाबु स्व.केशरबहादुर तामाङलाई श्रद्धाञ्जली व्यक्त गर्न पार्टीका केन्द्रिय नेताहरु काभ्रेको रोशी पुगेका छन् ।
श्रद्धाञ्जली ब्यक्त गर्न नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहममन्त्री महालक्ष्मी उपाध्याय (डिना), केन्द्रीय सदस्यहरू, बागमती प्रदेशका पूर्व मुख्यमन्त्री बहादुरसिं लामा, प्रदेशका मन्त्रीहरू प्रभात तामाङ, कृष्णबहादुर तामाङ, सुरेश श्रेष्ठलगायतका नेताहरु रोशी गाउँपालिका वडा नम्बर ६ लेकपानीस्थित निवासमा पुगेका हुन् ।
स्व.केशरबहादुर तामाङको सोमबार रोशी–६ लेखपानीमा दहासंस्कार गरिएको छ । केशरबहादुर तामाङको ८७ वर्षको उमेरमा निधन भएको हो । सामाजिक रीति र तामाङ समुदायको संस्कार अनुसार दाहसंस्कार गरिएको हो । केशरबहादुरका श्रीमती कान्छीमाया तामाङ सहित ३ छोरा र २ छोरी छन् ।





