सत्ता हस्तान्तरण गर्न आतुर छौंः गृहमन्त्री
गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न वर्तमान सरकार आतु रहेको बताएका छन् ।
सुशासनको आधार बलियो बनाउँदै निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आफूहरू आतुर रहेको उनको भनाइ छ ।
लुम्बिनी प्रदेशद्वारा मंगलबार भैरहवामा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठी उद्घाटन गर्दै गृहमन्त्री अर्यालले यस्तो बताएका हुन् ।
मुलुकको सुरक्षा अवस्था सामान्य बनाउन सरकार सफल भएको बताउँदै उनले भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने जिकिर गरे ।
सुशासन र भ्रष्टाचार नियन्त्रणको माग राखी भएको जेनजी आन्दोलनपश्चात विषम परिस्थितिमा यो सरकार गठन भएको भन्दै उनले त्यसबेलाको त्रासदीपूर्ण अवस्थालाई पार लगाउँदै सरकारले सुरक्षाको अवस्थालाई सामान्य बनाउन सफलता पाएको बताए ।






