बाल अधिकार संरक्षण गर्न कुशादेवीका होटल पसल र व्यवसायको अनुगमन
पनौती नगरपालिका वडा नम्बर २ कुशादेवी क्षेत्रमा रहेका होटल, पसल, कलकारखाना लगायत विभिन्न व्यवसायको अनुगमन गरिएको छ । बालश्रममुक्त वडाभित्रको पछिल्लो अवस्थाबारे जानकारी लिन बालश्रम अनुगमन समितिले अनुगमन गरेको हो ।
बालबालिकाको अधिकार सुनिश्चित गर्दै उज्जवल भविष्यका लागि, सचेतनामूलक कार्यक्रम, बाल अधिकार र कर्तव्य सम्बन्धी कार्यशाला, होटल पसल र व्यवसायमा बालश्रम रहे नरहेको अनुगमन लगायतका कार्य वडा कार्यालयले गरिरहेको वडा अध्यक्ष पुरुषोत्तम अधिकारीले जानकारी दिए ।
बालमैत्री वडालाई दिगोपना दिन अनुगमन गरिएको उनले बताएका छन् । कुनै कमीकमजोरी भेटिए सुधारका लागि सुधारमा केन्द्रित अनुगम गरिएको वडा सचिव राजकुमार श्रेष्ठले जानकारी दिए । गल्ती भएको ठाउँमा सुधारका लागि अनुगमनकै क्रममा आग्रह गरिएको उनले बताए ।
बालमैत्री सहजकर्ता सरस्वती आचार्यले बालबालिको अधिकार सुनिश्चित गर्दै बालमैत्री कार्यक्रमको दिगोपनाका लागि काम गरिहेको बताइन् । अनुगमनमा वडा सदस्य सुनिता विक, तिलक बहादुर तामाङ, कुशादेवी माविका प्रधानाध्यापक माधवप्रसाद दाहाल, कुशादेवी प्रहरी इन्चार्ज टेक प्रसाद सापकोटा, कुशादेवी रेडक्रस सोसाइटी सभापति टंक प्रसाद हुमागाँई, टोल सुधार समिति अध्यक्ष तीर्थप्रसाद हुमागाँई, वडा बाल संरक्षण समिति सदस्य लक्ष्मण हुमागाँई, वडा बालश्रम अनुगमन सदस्य विष्णुप्रसाद आचार्य लगायतको सहभागिता रहेको थियो ।






