आज देशभरको मौसम सफा रहने
काठमाडौँ / देशभरको मौसम आज मुख्यतया सफा रहने जल तथा मौसम विभागले जनाएको छ ।
विभागका अनुसार दिउँसो कोसी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । राति देशभर मौसम मुख्यतया सफा रहने विभागले बताएको छ ।





