डिजिटल एआई युगमा जनताको मन–मनमा मदानी विट
होमप्रसाद चौंलागाँईं
छापा, रेडियो, टिभी जस्तै पत्रकारिताको नयाँ विधाको रूपमा अनलाईन पत्रकारिता स्थापित भएको छ । अनलाईन पत्रकारिता कम्प्युटर आधारित सञ्चार अर्थात कम्प्युटर मेडिएटेड कम्युनिकेसन सिद्धान्तमा आधारित हुन्छ । विश्वमा इन्टरनेट विकास सन् ७० को दशकको आरम्भतिर भए पनि त्यसले सन् ९० पछि मात्रै व्यापकता पाउन थालेको हो भने नेपालमा कम्प्युटर सन् १९७० को दशकमा भित्रिए पनि सन् ९० दशकदेखि मात्रै व्यापकता पाउन थालेको हो ।
इन्टरनेटको विकासले संसारलाई एउटै गाउँमा सीमित गर्न थालेपछि यसको माध्यमबाट पत्रकारिता पनि सम्भव छ भन्ने अवधारणा अघि आए । यही अवधारणा अनुसार सन् १९९२ मा अमेरिकाको ‘सिकागो ट्रिब्युन’ पहिलो पटक अनलाईन पत्रकारितामा प्रवेश ग¥यो । यसले सुरुका अवस्थामा समाचारपत्र मै छापिएका सामग्रीहरूको डिजिटल स्वरुप अमेरिका अनलाईनको होम पेज मार्फत् अनलाईनमा राख्ने गथ्र्यो । नेपालमा सन् १९९४मा इन्टरनेट भित्रियो । सन् १९९५ मा मर्कन्टायलको व्यापारिक वेबसाइट धधध।कयगतजबकष्ब।अयm मा दक्षिण एसिया मै पहिलो पटक अङ्ग्रेजी दैनिक ‘दि काठमाडौँ पोष्ट’ अनलाईनमा गयो । सिकागो ट्रिब्युनले जस्तै यसले पनि पत्रिकामा प्रकाशित सामग्रीहरूलाई नै अनलाईनमा राखेको थियो ।
समाचार सामग्री उत्पादन गरी इन्टरनेटमार्फत् वितरण गर्नुलाई अनलाईन पत्रकारिता भनिन्छ । यसभित्र पत्रिकाको जस्तो शब्द—चित्र सामग्री, रेडियोको जस्तो श्रव्य सामग्री र टेलिभिजनको जस्तो श्रव्य—दृश्य सहितको सामग्री समेत पर्दछन् । सुरुमा अनलाईन पत्रकारिता समाचारपत्र कै अनलाईन संस्करण जस्तो गरी मात्र आएका थिए । तर, यसको विकासक्रमसँगै पत्रकारिताको एक अलग्गै विधाका रूपमा यसकै लागि भनी समाचार सामग्री उत्पादन गरी इन्टरनेट मार्फत् सम्प्रेषण गर्न थालियो । अनलाईन पत्रकारिताका दर्शकले सामान्यतया निःशुल्क वल्र्ड वाइड वेबमार्फत् इन्टरनेटमा रहेको समाचार सामग्री हेर्ने, पढ्ने वा सुन्ने गर्छ ।
नयाँ मिडियाको रुपमा अनलाइन पत्रकारिता अगाडी वढिरहेको छ । सञ्चार वातावरण आफैंमा परिवर्तनशील छ । त्यसैले अहिलेका पुराना मानिएका मिडिया सुरुमा नयाँ नै थिए । विद्यमान सञ्चार प्रविधिका विविधता विस्तार भएर नै नयाँ मिडियाको रुप धारण गरेको हो । अहिलेको २१ औँ शताब्दीमा डिजिटल कन्भरजेन्स, व्यक्तिगत प्रयोजनका लागि कम्प्युटरको बढ्दो प्रयोग र विश्वव्यापी नेटवर्किङका कारण सञ्चार वातावरणमा क्रान्तिकारी परिवर्तन भएको छ । गैर नाफामुखी अन्तरसञ्चारको रूपमा र व्यावसायिकहरुबीच तथ्यांक आदानप्रदानका लागि सुरुवात भएको इन्टरनेटको प्रयोग सँधै आमसञ्चार हुँदैन । तर अनलाईनमार्फत् वितरण हुने समाचारलाई अखबारी पत्रकारिता कै विस्तारित रुप हो भनी स्वीकारिएको छ । नयाँ ढाँचाको सामग्री र नयाँ क्षमताका साथ अघि बढेको हुनाले अनलाईन पत्रकारिता अखबार, रेडियो र टेलिभिजनभन्दा नयाँ मिडियाका रूपमा अघि बढेको छ ।
मदानी पनि एउटा महत्वपूर्ण र जनमानसमा पुग्न सफल अनलाई मिडिया हो । हरेक सुचनाको मन्थन पारदर्शिता र निष्पक्षताको प्रवद्र्धन भन्ने मूल मर्मका साथ शुरु भएको मदानी विट एक अनलाइन न्युज पोर्टल हो । खास गरी ग्रामिण संचार जगतको मदानी आफैंमा साधन र साध्य दुवै हो । यसले मथल्ने काम मात्रै गर्दै आएको छैन, खासमा परिणामपनि निकाल्दै आएको छ । हाम्रो प्रयोग र चलन चल्तीमा मदानी भनेको दहिबाट मोही र नौनी निकाल्नका लागि प्रयोग गरिने एक प्रकारको साधन हो । जसरी मदानीबाट दहिलाई मथेलेर मोहि र नौनी छुट्याईन्छ त्यसरी नै यसले समाजका हरेक आयाम र विषय वस्तुहरुलाई मथेलेर सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्दै आएको छ ।
राष्ट्र र राष्ट्रियताका सवालमा, नागरिकहरुको जनजीविकासँग सम्वन्धित विषय वस्तुहरुमा एलेसम्म चुेकेको छैन । असहजतामा पनि झुकेको छैन । यो नागरिकहरुको मियोका रुपमा स्थापित हुँदै अगाडी वढिरहेको छ । मदानीले दहि मथे झै समाजका हरेक विकृती र विसंगतिहरुलाई मथेलिरकोछ । मथेलियाइबाट निस्किएको सत्य, तथ्य र निश्पक्ष सामाग्रीलाई पाठक तथा श्रोता र दर्शक समक्ष प्रस्तुत गर्दै आएको छ ।
राजनीतिक, सामाजिक, आर्थिक, स्वास्थ्य, मनोरञ्जन, खेलकुद लगायत जनसरोकारका सबै विषय बस्तुहरुमा समाचार, लेख, रचना, अन्तरवार्ता, विचार, कथा आदिलाई दु्रुस्त र पाठकहरुको सहज पहुँच मार्फत चुस्त निष्पक्ष र पारदर्शि समाचार सम्प्रेण गर्दै आएको छ । यसको सम्पादन अब्ल रहँदै आएको छ । गाउँ बस्ति, कुना कन्दाराका समाचार, भुई मान्छेका कथा र विचार, नलेखिएका नखोजिएकाहरुको आवाज, सफलता र असफलताका कथा, कृषि, शिक्षा, पर्यटन, पूर्वाधार, देश, समाज र विश्व परिबेशका घटना परिघटनाहरु पाठकहरु समक्ष प्रस्तुत गर्ने कामाम दत्तचित्त भएर लाग्नु मदानीको मूल कर्म देखिंदै आएको छ । ब्रेकिङ्ग न्युज, गहन लेख, विज्ञका विचार, खोजमुलक समाचार र विकास पत्रकारीतालाई समेत स्थान दिइरहेको छ । राज्यले लिएको नीति अनुरुप समाजको आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरण मार्फत समग्र मुलुकको अर्थतन्त्रको विकासका लागि यसले पहलकदमी गर्दै आएको छ । राज्यका विभिन्न निकायहरुका कामकारवाहीलाई निगरानी गर्दै राम्रा कामलाई अझै उत्साह भर्ने र गलत भएको भए त्यसको सत्य तथ्य विवरण पाठकहरु समक्ष प्रस्तुत गर्नु यसको कर्म बनेको छ । जसले नागरिकले सेवाप्राप्त गर्ने र सरोकारवालाहरुले कमजोरी गरेको स्थानमा सुधार गर्ने अवसर प्राप्त भैरहेको छ ।
आम नागरिकहरुमा सुचनाको हक स्थापीत गर्दै हरेक नागरिकहरुको न्यायमा पहुँच मार्फत जीवनस्तर उकास्ने सामाजिक उत्तरदायित्व सहितको जिम्मेवारी निर्वाह गरिरहेको छ । हरेक नागरिकको आवाज र विश्वसनियतालाई प्राथमिकतामा राखेर अनलाईनले सामाग्री प्रकाशन, प्रसारण गरिरहेको छ । पाठकहरुको सुझाव अनुसार अनलाईन परिस्कृत हुँदै गएको छ । समाजका हरेक विकृती र विसंगतिहरुलाई मथेल्दै त्यसबाट निस्किएको सत्य, तथ्य र निश्पक्ष सामाग्रीलाई पाठक तथा श्रोता र दर्शक समक्ष प्रस्तुत गरिरहेको मदानी विट तेस्रो वर्ष प्रवेश गरेकोमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
आम नागरिकहरुमा सुचनाको हक स्थापीत गर्दै हरेक नागरिकहरुको न्यायमा पहँुच मार्फत जीवनस्तर उकास्ने सामाजिक उत्तरदायित्व सहितको जिम्मेवारी निर्वाह गर्ने यसको बाटो हाइवे बन्दै गएको छ र जाओस् । हरेक सुचनाको मन्थन पारदर्शिता र निष्पक्षताको प्रवद्र्धनको अभियान सहित मदानी अघि वढिरहेको छ । यस हिसाबले मदानी एकपछि अर्को वर्ष झन परिपक्व बन्दै गएको छ । हरेक नागरिकको आवाज र विश्वसनियतालाई प्राथमिकतामा राख्न सक्नु यसको अर्को उपलब्धी हो । थुप्रै अनलाईनले प्रकाशन, प्रसारण गर्ने सामग्रीहरुभन्दा यसको अब्बलता प्रभावकारी छ ।
कार्यक्रममा मेरो पनि सहभागिता थियो । मदानीको दोस्रो वर्ष प्रवेशको सन्दर्भ निकै वजनदार र महत्वपूर्ण थियो । तत्कालिन संचार तथा सूचना मन्त्री पृथ्वी सुब्बा गुरुङ देखि पुर्व संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा, पुर्व राज्य मन्त्री, सांसदहरु, प्रतिनिधि सभा सदस्यहरु, प्रदेश सभा सदस्यहरु, संविधान सभा सदस्यहरु, जिल्ला समन्वय समिति, नगरपालिका प्रमुख तथा उपप्रमुखहरु, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरु, प्रमुख जिल्ला अधिकारी लगायत जिल्लाका सबै सुरक्षा निकायका प्रमुखहरु, नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय, प्रदेश तथा जिल्लाका पदाधिकारीहरु, पुर्व जनप्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रमुख, पदाधिकारी एवं विभिन्न तहमा रहेका ब्यक्तिहरु, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु तथा सम्पूर्ण जनप्रतिनिधिहरु, पुर्व जनप्रतिनिधिहरु, राजनीतिक दलका विभिन्न भातृ संगठनका विभिन्न तहमा कृयाशिल ब्यक्तित्वहरु, जिल्लाका विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, मानवअधिकार तथा सामाजिक क्षेत्रमा कृयाशिल ब्यक्तित्वहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
त्यतिमात्र नभएर कार्यक्रममा नेपाल पत्रकार महासंघ, काभ्रे उद्योग बाणिज्य संघ, प्याब्सन, एन प्याब्सन, रेडक्रस, सामुदायिक बन उपभोक्ता महासंघ, नेपाल बार एशोसिएसन, गैसस महासंघ, पतञ्जली योग समिति लगायतका विभिन्न सामाजिक संघसंस्थाका विभिन्न तहमा रहनु भएका ब्यक्तित्वहरु, पालिका स्तरका उद्योग बाणिज्य संघका अध्यक्ष, पदाधिकारी तथा संलग्न विभिन्न उद्योगी ब्यवसायीहरु, यातायात क्षेत्रमा कृयाशिल विभिन्न कम्पनी तथा समितिका अध्यक्ष एवं पदाधिकारीहरु, कार्यालय प्रमुख तथा अन्य यातायात क्षेत्रमा संलग्न ब्यक्तित्वहरु, होटल ब्यवसायीहरु, जिल्लामा रहेका सामुदायिक तथा नीजि क्षेत्रका क्याम्पस, विद्यालयका प्रमुख तथा प्रधानाध्यापक, संचालक एवं विद्यालयका छाता संगठनका प्रमुख, पदाधिकारीहरु, कार्यरत शिक्षकहरु तथा शिक्षा सँग सम्वन्धित ब्यत्तित्वहरु, जिल्लामा कार्यरत स्वास्थ्य क्षेत्रका विभिन्न पालिका तथा संघ संस्थामा कार्यरत ब्यक्तित्वहरु, निर्माण ब्यवसायी तथा निर्माण क्षेत्रमा कृयाशिल ब्यक्तित्वहरु, सहकारी क्षेत्रमा आवद्ध विभिन्न तहमा कृयाशिल ब्यक्तित्वहरु, संचारकर्मीहरु लगायतको सहभागिता रहेको थियो ।
त्यतिमात्र नभएर मदानी बिट मिडियाका लागि तत्कालिन सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओली, पुर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, शेरबहादुर देउवा, प्रेस काउन्सिल नेपाल लगायतबाट शुभकामना सन्देश प्राप्त भएको थियो । यो मदानीले छोटो समयमा कमाएको ठूलो विश्वास हो । मदानीले यो विश्वासलाई निरन्तर र अविच्छिन्न बनाउन सकोस्, शुभकामना !





