महिलाहरूले भोगीरहेका चुनौती

निर्मला श्रेष्ठ
 बनेपा नपा -४ उग्रचण्डी ,नाला शेरा 
      नेपालमा जनसंख्याको आधारले भन्नु पर्दा ५१%, आधा आकाश ढाकिएका महिला, शैक्षिक योग्यताको कुरा गर्नुहुन्छ भने हाल शैक्षिक महत्व नबुझेका नागरिक कमै होलान । छोरा र छोरीका बीचमा पढाईका हिसावले कम हुन थाली सकेको आभाष मिल्न थाली सकेको छ किन कि अहिलेको पुस्ताले सन्तानका नाममा एउटा मात्र सन्तान हुर्काउने भन्दा बढी सोच नबनाउने परिपाटीले छोरा छोरीमा भेदभाव कम हुन थाली सकेको छ । किन भने सन्तान हुर्काउन एउटी आमाले आफ्नो जीवनको प्रगतिमा ब्रेक लगाई कम्तिमा बच्चा हुर्केर बिद्यालय नगए सम्म समय लगानी गर्दा आफ्नो भविष्यको उर्वर समय उम्कि सकेको हुन्छ । त्यसैले दोस्रो बच्चाको परिकल्पना गर्न छाडी सकेको अवस्था हो । त्यसैले अब आउँदो पुस्तामा छोराछोरीको वीच भेदभाव कमै होला । जुनसुकै क्षेत्रमा पनि सहजै अनुमान गर्न सक्छौ । 
बर्तमान अवस्थालाई नियालेर हेर्दा बास्तविक त्यस्तो भै नसकेको अवस्था हो । नेपालका सबै भु–भागमा जनचेतना पुगी सक्यो भनी कल्पना गर्नु पाप हुने छ । यो पितृसत्तात्मक समाजमा पुरूषकै बाहुल्यता रहेको हामी पाउछौ । हिजो हाम्रा आमाबाबाको पुस्ताले भोगेको त्यो क्षण त हामीले पनि भोग्नु पेको छैन । धेरै हद सम्म खुकुलो र लचिलो समाजका रूपमा परिवर्तन अवस्य पाएका छौ । तर नि यो हाम्रो समाजको संरचना र संसकारका कारण जति नै भने पनि महिला र पुरूषले गर्ने जिम्मेवारी  शारिरीक बनावटकै कारण पनि घरायसी काम काजमा महिला जो अनुत्पादक क्षेत्रमा महिला र बाहिरी परिवेशमा अधिकांश पुरूष बाध्यात्मक अवस्थामा पनि पुरूष नै अघि सर्नु पर्ने अवस्थाले निश्चय नै निर्णायक तह प्रथम पदमा महिलाहरूको उपस्थिति कम नै रहेको छ । जसले गर्दा हरेक तह र तप्कामा पुरूष भएकै कारण महिला मैत्री ऐन कानुन नीति नियममा महिलाको अल्पमत नै हुन्छ । जसोतसो माथिल्लो ओहदामा पुग्न सफल महिलाहरूको आवाज उचो हुन नसक्दा कानुनले बिनियोजन गरेको अवस्थामा पनि राजनैतिक दलहरूको मिलीजुली आफू आफन्तको वरिपरि चौघेरा नाघ्न नसकेको कुण्ठित मनस्थितिले डेरा जमाएको यो समाजमा महिलाको अवस्था कठैवराको नै हो । यही मुख्य समस्याका कारण महिलाहरू झन झन समस्याकै समस्याको दल–दलमा फस्न बाध्य भएका छन् ।
जसले आफूलाई बिविध समस्या पन्छाउदै अघी बढ्नु भा छ उहाँहरूको आवाज अल्पमतका कारण दबाइन्छ । कार्यान्वयनमा ल्याउन गाहे छ । त्यस माथी राजनीतिक धर्म पनि भुलेर इमान्दारिता पोलेर खाएका नीति निर्माण तहमा पुगेका मिलिजुली आलो पालोगरि सत्ता साझेदारी गरि शक्तिबाट बाहिरिन नचाहने दरिद्र मनस्थितिका नेताहरूका कारण आज पछाडी परेका वर्ग जातजातीका व्यक्तिहरू सक्षम नभएको अवस्था सम्मका लागी गरिएको आरक्षित सिट पनि आफ्ना आफन्तबाट उछिट्टिन नसकेको अवस्थामा महिलाको आवाज बुलन्द गर्ने सच्चा पात्र चयनमा खडेरी नै परिरहेको छ । जुन सुकै तन्त्र आए पनि महिला र पछाडि परेका वर्गको अवस्था झन झन् खस्कदो नै छ । जव सम्म यो बुढा पुस्ताको राजनैतिक बहिर्गमन हुदैन कुनै पनि पार्टीका नेताहरूले देशलाई आवस्यक नीति बिधि दिने वाला छैन । यी बिबिध कारणले ग्दा महिलाहरूले भोग्नु परेको जड समस्या राजनीतिक नै हो भने त्यसको अलावा महिला भएर जन्मे कै कारण पनि पछाडी हट्नु पर्ने बाध्यात्मक अवस्था हो । यसो हुँदा हुदै तपसिलका कारणहरू ले गर्दा महिलाहरू पछाडी पर्न बाध्य छन्:
१) महिलाहरू घर भित्रको अनुत्पादक कार्यमा मात्र सिमित रहनु
२) नेपालको सामाजिक संरचनागत व्यवस्था
३) नीति बिधीलाई पन्छाई आफ्नो अनुकूल परिचालन गर्नु 
४) शारिरिक बनावट अर्थात महिला भएर जन्मेकै कारण 
५) घर घरायसी व्यस्तताले बाहिरिया वातावरणको अनभिज्ञता
६) स्रोत साधनको पहुँचमा कमी
७) आर्थिक अभाव
८) ज्ञान, सिप, धारणा र क्षमतामा कमी 
९) बहस पैरवीमा सहभागित न्यून 
१०) महिलाले गर्न सक्छन भन्ने बिश्वासमा संकट
११) नाम मात्रको आरक्षण
१२) महिला महिला एकजुट हुन नदिनु
१३) जग देखि महिला संघ स्गठन बिस्तार बिकास हुन नसक्नु ।
१४) राजनीतिक सक्रियतामा कमी
१५) बिकासको कुलो फर्काउने निकासमा महिला सहभागिता कम
१६) व्यवहारिक  शिक्षा, रोजगार, उद्यमशिलता र आयआर्जनमा निष्क्रियता
१७) तल्लो तहमा काफी सक्रिय भए पनि निर्णायक तहमा महिला सहभागिता कम
   यी  माथि उल्लेखित बिषयका कारण कुनै महिलाहरूले आफैले आफुलाई कमजोरी महशुस नगर्दा सम्म कतिपय नीतिगत रूपमा कार्यान्वयन नगर्दासम्म त कतिपय पुरूषहरूले जब सम्म हामीले साथ र सहयोग नदिंदा हामी पनि पछाडी नै धकेलिन्छौ भन्ने कुराको महशुस नगर्दा सम्म र मुख्य कुरा भनेको आधा आकाश ढाकेका महिलाहरूलाई जवसम्म मुख्य भुमिकामा पनि समान सहभागिता गराउने परिपाटी बन्दैन तव सम्म यो देशको मुहार फेर्ने परिकल्पना मात्र हो भन्ने बुझेर त्यो प्रकारको वातावरण तय नभए सम्म महिला पछाडी पर्ने त छँदैछ सिङ्गो देश नै अघि बढ्छ भन्नु मुर्खता शिवाय अरू केही हुन सक्दैन ।
       अत:महिला शिक्षित त सिङ्गो परिवार शिक्षित हुने कुरा हामीले व्यवहारिक रूपले स्वीकारेकै कुरा हो । शिक्षित आमाले दिक्षित गरेका सन्तानको संस्कार र अज्ञानताले भरिएकी आमाले दिक्षित गरेको सन्तानमा नै संस्कार देखि व्यवहार नै फरक भएको कुरा प्रत्यक्ष हामीले देखेको हुँदा एक आमालाई पहिला संस्कारी आमा बनाउनु प¥यो । आँप रोपे आप नै फल्छ । सुन्तला रोपे सुन्तला । सुन्तला रोप्ने तर आँपको अपेक्षा कदापी गर्न सकिदैन । बरू समयमा नै आफूले चाहेको कुरामा लगानी गर्न थाली हाल्नु पर्ने काम महिला पछाडी पर्नुको मूल जड समस्या भनेको राजनीतिक पहुँचमा महिला पुग्न नसक्दा निर्णायक तहमा अल्पमतमा परि कुनै पनि निर्णय महिलाको पक्षमा आउन नसके कै कारण  नीतिगत रूपमा नै पछाडी परेका कारण यसलाई बेलैमा सच्याउन तर्फ लाग्नु पर्ने आजको टड्कारो आवश्यकता हो । जस्तै कसरी महिलाहरूलाई पनि समान सहभागिता गराई निर्णायक तहमा महिलालाई पनि पु¥याउन सकिएला भन्ने वातावरण सिर्जना गर्न थाल्नु बुद्दिमता हुने छ । सबै दल उपभोक्ता समिति होस् वा कार्यालय व्यवस्थापन सबै तहमा समान सहभागिता नै आजको आवस्यकता हो । धन्यवाद  ।