पुनः सर्‍यो काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक

काठमाडौँ / नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । पटक पटक सर्दै आएको बैठक भोलि शुक्रबार बस्ने गरी तय भएको थियो ।

भोलिका लागि तय भएको बैठक पनि पुनस् सरेको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार, अर्को बैठक आइतबार बस्नेछ । आइतबार दिउँसो दुई बजे बस्ने गरी बैठक तय गरिएको उनले बताए ।