सुनको मूल्य फेरि २ लाख ५० हजार नाघ्यो

काठमाडौँ / शुक्रवार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघकाअनुसार आज सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले बढेसँगै सुनको मूल्य २ लाख ५० हजार नाघेको हो ।

महासंघकाअनुसार बिहीवार प्रतितोला २ लाख ४८ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन शुक्रवार २ लाख ५० हजार ६०० रुपैयाँ पुगेको छ ।

आज चाँदीको मूल्यमा पनि उच्च वृद्धि भएको छ । चाँदी प्रतितोला आज ६५ रुपैयाँले बढेको महासंघले जनाएको छ ।

बिहीबार प्रतितोला ३ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रवार ३ हजार ३४५ रुपैयाँ कायम भएको छ ।