बनेपा नगर स्तरीय सातौं राष्ट्रपति शिल्ड २०८२ शुरु

बनेपा/ बनेपा नगरपालिकाको आयोजनामा नगर स्तरीय सातौ राष्ट्रपति रनिङ्ग शिल्ड २०८२ को आयोजना गरेको छ ।

प्रतियोगिता शुक्रबारबाट शुरु भई मंगलबार सम्पन्न हुने जनाएको छ । खेलको उद्घाटन नगर प्रमुख शान्तिरत्न शाक्यले गरेका थिए । प्रमुख अतिथी शाक्यले खेल विद्यार्थीहरुको लागी अति महत्वपुर्ण विषय रहेको बताए । खेलले अनुशासित मात्र नभई स्वस्थ समेत बनाउने हुदाँ अनिवार्य रहेको बताए । नगरले खेल क्षेत्रलाई विशेष प्राथमिकतामा राखी बजेट ब्यबस्था गरेको र नगरबासीलाई स्वास्थ्य बनाउने उदेश्य रहेको शाक्यले बताए । कार्यक्रममा उप प्रमुख विमला सापकोटा, प्रमुख प्रशासकिय अधिकृत पोषण लामीछाने, उप-सचिव देबराज निरौला, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, शिक्षक, विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

खेलमा १ सय, ४ सय, ८ सय, १ हजार, १ हजार ५ सय र ३ हजार मिटरका ज्वाभलिन, त्रिपलजम्प लङजम्प, हाईजम्प, भलिबल, रिले, कबडी, सटपुट, टेवल टेनिस, लगाएतका खेलहरु समाबेश गराईने शिक्षा शाखा अधिकृत शिबराज त्रिपाठीले बताए । प्रतियोगितामा नगरभरीका २ हजार २ सय ९६ जना विद्यार्थीहरुले भाग लिएका छन् ।