श्रीखण्डपुरमा वृहत रक्तदान कार्यक्रम
धुलिखेल नगरपालिका–५ श्रीखण्डपुर चोकमा वृहत रक्तदान शिविर आयोजना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी भक्तपुरको प्राविधिक सहयोग, धुलिखेल नगरपालिका ५ नं. वडा कार्यालयको समन्वय तथा लक्ष्मी महिला बचत तथा ऋण सहकारी र लायन्स क्लव अफ काठमाडौं इन्द्रेश्वरको आयोजनामा रक्तदान कार्यक्रम भएको हो ।
कार्यक्रममा धुलिखेल नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष प्रमोदसुन्दर श्रेष्ठले रक्तदान मार्फत जीवन दान गर्नेहरुप्रती आभार व्यक्त गरेका छन् । मानवतानै सबैभन्दा ठुलो धर्म भन्दै उनले सहयोगी हातहरुलाई सधैं अघि बढाउन आग्रह गरेका छन् । वडा कार्यालयले यसअघि पनि विभिन्न संघसंस्थासँगको सहकार्यक्रम दन्त शिविर आयोजना गरेको थियो ।
स्वास्थ्यलाई प्राथमिकतामा राखेर वडा कार्यलयले नीति, निर्माण गरेर कार्यान्वयन गरिरहेको वडा अध्यक्ष श्रेष्ठले बताएका छन् ।






