रुखबाट लडेर घाइते भएका रामशरणको उपचारमा आर्थिक अभाव, जीवन बचाउन सहयोगको अपिल

ललितपुर/महाङ्काल गाउँपालिका–६ का रामशरण घिमिरेको उपचारमा आर्थिक अभाव भएको छ । गत मंसिर ६ गते घाँस काट्ने क्रममा रुखबाट लडेर गम्भीर घाइते भएका घिमिरेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनको टाउकोमा गम्भीर चोट लागेको छ भने मेरुदण्ड र दुवै कम्मर भाँचिएको छ । साथै शरिरका भित्री भागमा ठूलो चोट लागेको छ । अस्पतालमा जीवनमरणसँग संघर्ष गरिरहेका घिमिरेको थप उपचारका लागि आर्थिक अभाव भएको छ । सबैको सहयोगमा मात्रै रामशरणले नयाँ जीवन प्राप्त गर्ने भन्दै परिवारले सहयोगका लागि सम्पूर्णमा अपिल गरेको छ ।
यसरी गर्न सकिन्छ सहयोगः