गीता मन्दिर धुलिखेलमा मनाईयो गीता जयन्ती

धुलिखेल/जेष्ठ नागरिक सेवा केन्द्र काभ्रे धुलिखेलको आयोजनामा धुलिखेल स्थित गीता मन्दिरमा गीता जयन्ती धुमधाम संँग मनाइएको छ । 
कार्यक्रममा नैमिन्शारन्य गुरुकुलका प्राचार्य दिव्यमणि अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै अधिकारीले धर्म, संस्कृति सँगै पहिचान आवश्यक रहेको बताए । साथै गीता जयन्तीका बारेमा ब्याख्या गर्दै हरेक नागरिकमा धार्मिक सचेतना आवश्यक रहेको बताए । जेष्ठ नागरिक सेवा केन्द्र काभ्रे धुलिखेलका उपाध्यक्ष  चुनियालाल माकजुले संचालन गर्नु भएको उक्त कार्यक्रममा गीता जयन्तीको महत्व बारे जेष्ठ नागरिक सेवा केन्द्र काभ्रे धुलिखेलका सदस्य बुद्ध राम वेन्जुले प्रकाश पारेका थिए ।