मदानी विटको दुई वर्षे यात्राः सत्य समाचार सम्प्रेषण, मन्थन, विश्लेषण,अनि प्रतिस्पर्धामा निरन्तरता

श्याम सापकोटा
सम्पादकः मदानी विट डट कम

मदानी विट ले सुरुवात गरेको सुचनाको मन्थन शब्दले समाज भित्रका अनेकौं  कथाको सङ्क्षिप्त रूप बोकेको छ। यो कुनै यात्राको सुरुवात मात्रै होइन, एउटा  सङ्घर्षको प्रतीक हो, निष्पक्षता र उपलब्धिको पनि साक्षी हो। मदानी विटको लागि यी दुई वर्ष भनेको सत्य र विश्वसनीयताको खातिर गरिएको अथक प्रयास, निरन्तरताको प्रतिबद्धता र गुणस्तरीय पत्रकारिताको अभियान र अभिभारा हो।

सुरुदेखि नै मदानी विट को आधारभूत उद्देश्य स्पष्ट थियो– द्रुत, तथ्यपूर्ण र निष्पक्ष समाचारलाई जनताको सामु पुर्याउने। यो मात्र सूचना दिने काम होइन, एक जिम्मेवारीको काम थियो। आजको यो दुई वर्षको पथयात्रा भने त्यसै जिम्मेवारीको एउटा जीवन्त अध्याय हो।

सुचना र सम्प्रेषणको शक्ति
मदानी विट युगको सूचनाको ब्रम्हास्त्र हो, तर सूचनाको यो बाढीमा सही र गलतको अन्तर गर्न सक्नु एक ठूलो चुनौती हो। मदानी विटले यहींबाट आफ्नो भूमिका सुरु गर्यो। केवल घटनालाई समाचारको रूपमा प्रस्तुत गर्नु मात्र होइन, त्यसलाई प्रष्ट, सरल र प्रभावकारी ढङ्गले जनसमुदायसम्म पुर्याउनु नै सम्प्रेषणको असल उदाहरण थियो ।

मन्थन र विश्लेषण को गहिराइ
दुई वर्षदेखि मदानी विटले यही कार्य निरन्तर रूपमा गर्दै आएको छ। हरेक खबर, हरेक विश्लेषण र हरेक रिपोर्टिङ पछि समाजलाई सचेत र जागरूक बनाउने चाहना नै हाम्रा लागि चुनौतीपूर्ण र जिम्मेवार बनाउने साधन थियोे।

मन्थन र विश्लेषणको गहिराइ समाचार र सुचना मात्र प्रष्ट गर्नु होइन, त्यसको गहिरो अर्थ र प्रभाव अनि विश्वासीलो आधारलाई बुझ्न सक्नु पनि उत्तिकै महत्त्वपूर्ण थियोे । मदानी विटले सतहमुनि चलिरहेका कुराहरूलाई पनि उजागर गर्ने प्रयास गरेको छ। घटनाहरूको पृष्ठभूमि, कारण र सम्भावित परिणामहरूको विस्तृत विश्लेषणले पाठक र दर्शकहरूलाई समग्र रूपमा बुझ्न सहयोग पुग्यो। यसले गर्दा सूचना मात्र होइन, ज्ञानको सृजना भएको छ। यो मन्थन र विश्लेषण निरन्तर प्रक्रिया मदानी बिटको पहिचान बन्न सकेको छ, के बालक ,के युवा, के बृद्ध सबैलाई अहिले मदानीले के पस्क्यो के लेख्यो, के सम्प्रेषण गर्यो, चासोको बिषय नै हामीले कमाएको सम्पत्ति झै आभास भएको छ।

प्रतिस्पर्धामा अग्रणी
आजको मिडियाको समग्र क्षेत्र  संसारका कुनै प्रतिस्पर्धाभन्दा कम छैन। यस्तो अवस्थामा गुणस्तर, सत्यता र नयाँपनको आधारमा प्रतिस्पर्धा गर्नु आवश्यक मात्रै होइन अत्यावश्यक हो, मदानी विटले यस प्रतिस्पर्धालाई सकारात्मक रूपमा लिँदै, आफूलाई सदैव अग्रणी रहने प्रयास गरेको छ। अरू के गरिरहेका छन् भन्ने कुराभन्दा पनि, हामी आफूले समाजको लागि के गर्न सक्छौं भन्ने चिन्तनमा केन्द्रित रह्ययौ। हामी यही चिन्तनले नै यसलाई प्रतिस्पर्धी दुनियामा पनि एक विश्वसनीय स्थान दिलाउन सफल भएको महसुस गरेका छौं।

किन रुचाउँछन् पाठकले मदानी विट

१.विश्वसनीयता र सत्यनिष्ठा, मदानी विटले सत्यता र पारदर्शितालाई प्राथमिकता दिन्छौ
तथ्यांक र प्रमाणित जानकारीमा आधारित समाचार प्रस्तुत गर्छौ
अफवाह र अटकलबाजीबाट टाढा रहन्छ

२.गहिरो विश्लेषण र सन्दर्भ
–सतही समाचारभन्दा गहिरो विश्लेषण प्रस्तुत गर्छौं
–घटनाको पृष्ठभूमि, कारण र प्रभावको व्यापक अध्ययन गर्छौं
–जटिल विषयहरूलाई सजिलो भाषामा प्रस्तुत गर्ने कोसिस गर्छौं

३. समयानुकूल र प्रासंगिकता
–तात्कालिक र समसामयिक विषयहरूमा केन्द्रित
–समाजको धड्कनसँग जोडिएका समाचारहरू
–पाठकको जिज्ञासा र आवश्यकतालाई बुझ्ने कोसिस गर्छौं

४.निष्पक्षता र सन्तुलन, कुनै पक्षपात वा अग्रधारणा बिनाको रिपोर्टिङ र समाचारलाई प्रथमिकता दिन्छौं
–विभिन्न पक्षहरूको दृष्टिकोण समावेश गर्ने प्रयास गर्छौं
–न्यायोचित र सन्तुलित समाचार प्रस्तुती

५. प्रस्तुतिको गुणस्तर
–स्पष्ट र सहज भाषाशैली
–आकर्षक र व्यवस्थित प्रस्तुति
–दृश्यात्मक र श्रव्य सामग्रीको प्रभावकारी प्रयोग

६. जनताको आवाज
– सामान्य नागरिकको चासो र समस्यालाई प्रतिनिधित्व गर्ने
– सामुदायिक मुद्दाहरूलाई मुख्य धारामा ल्याउने
– जवाफदेहिता र पारदर्शिताको अभियान

७. नवीनता र निरन्तरता
–नयाँ प्रयोग र प्रविधिको समायोजन
–लगातार सुधार र विकासको मानसिकता
–परिवर्तनशील मिडिया परिवेशमा अनुकूलन क्षमता
यस्ता धेरै  कारणले गर्दा मदानी बिटले छोटो समयमै पाठक, दर्शक र श्रोताहरूको विश्वास र समर्थन हासिल गर्न सफल भएको हो।

निरन्तरताको सन्दर्भमा
निरन्तरता शब्द नै मदानी बिटको डीएनएमा गाढिएको छ । कर्म प्राथमिकतामा छ। दुई वर्षको समयकालमा विभिन्न चुनौतीहरू आए, तर कहिल्यै पनि धैर्यता गुमाउने र विचलित नहुने सङ्कल्प गरेको हाम्रो टिम हरेक समस्याको  सुधार गर्ने र अगाडि बढ्ने बाटोमा लागिरह्यो  धैर्यतामा कमि आएन, हरेक दिन नयाँ चुनौती, नयाँ सम्भावना लिएर आउँछ। यी सबैलाई अँगाल्ने साहस र लगनशीलता मदानी विट परिवार सँग रहेको छ। यो निरन्तरताको भावनाले नै यसलाई हरेक दिन थप राम्रो बनाउने प्रेरणा दिंदै आएको छ यो यात्रा निरन्तरताको प्रण नै हो।

भविष्यको यात्रा
दुई वर्षको उपलब्धि एउटा यात्राको निरन्तरता  मात्र हो, गन्तव्य होइन। अझै लामो यात्रा तय गर्न बाँकी छ। सत्य र निष्पक्षताको यो बाटो साहस र ईमान्दरीताको माग गर्छ। मदानी विटले आफ्नो शुरुवाती वर्षहरूमा जुन आधार र विश्वासको जग मजबूत गरेको छ, त्यसले नै भविष्यको यात्रालाई पनि सहज र सार्थक बनाउनेछ।

यो दुई वर्षको सफलताको श्रेय मदानी विटसँग जोडिएका हाम्रो मदानी विट परिवार र हामीलाई अथाह मायाँ गर्नुहुने सम्पूर्ण, पाठक वर्ग, श्रोता, दर्शक अनि  सहयोगी मनहरूलाई जान्छ, र सबैभन्दा बढी, मदानी विट प्रति समर्पित सम्पूर्ण सुभचिन्तक, दर्शक र पाठकहरूलाई । जसको सहयोग र विश्वासले नै यो सफलता सम्भव भएको हो । भविष्यमा पनि मदानी विटले आफ्नो मूलभूतसिद्धान्तहरू सत्य, निष्पक्षता, मन्थन, र जनसरोकारका विषयमालाई कायम राख्दै, समाजमा एक सकारात्मक र रचनात्मक भूमिका निर्वाह गर्ने गरि काम जारि राख्ने विश्वसनियता दिलाउने प्रण गर्दै पुनः यो अथाह मायाको अपेक्षा सहित हामीलाई मार्गदर्शन गर्नुहुने सम्पूर्णमा हार्दिक आभार सहितको धन्यवाद ।