सभापति देउवाले हस्तक्षेप गरेपछि कांग्रेसको आन्तरिक विवाद समाधानउन्मुख

कांग्रेस सभापति शेरबहादुर देउवा फागुन २१ को प्रतिनिधिसभा निर्वाचनअघि नै महाधिवेशन गर्न सहमत भएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबार बस्ने बैठकमा निर्वाचन अगाडि नै महाधिवेशन गर्ने कार्यतालिका ल्याउने नेताहरूबीच सहमति बनेको हो ।

निर्वाचनअगाडि महाधिवेशन गर्ने कि पछाडि भन्ने विवादले डेढ महिनासम्म कांग्रेस आन्तरिक विवादमा फसेको थियो । सहमतिका लागि सभापति शेरबहादुर देउवाले हस्ताक्षेप गरेपछि १५औं महाधिवेशनको कार्यतालिकामा सहमति जुटेको हो ।

कांग्रेसका एक पदाधिकारीका अनुसार पुस २७–३० सम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्नेगरी कार्यतालिका ल्याउने गृहकार्य भइरहेको छ । त्यसमा संस्थापन पक्षमा पूर्वपदाधिकारी कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधिसहितको एउटा समूह सहमत भइसकेको छैन । तर, देउवाले विशेष नगरी नियमित त्यसमा पनि निर्वाचनअगाडि नै गर्न निर्देशन दिएपछि कार्यवाहक सभापति खड्काले सोमबारको बैठकमा प्रस्ताव लैजाने तयारी भएको अर्का एक नेताले बताए ।

संस्थापनपक्षीय सदस्य रमेश लेखकले डेढ महिनादेखि महाधिवेशनको मुद्दामा चलेको विवाद मिल्ने बाटोमा गएको बताए । उनले सोमबारकै बैठकमा सबैलाई स्पेस हुनेगरी महाधिवेशनको कार्यतालिका आउने बताए । ‘निर्वाचन अगाडि कि पछाडि महाधिवेशन भन्ने विवाद अब सहमतिउन्मुख बनेको छ ।