यसरी गर्न सकिन्छ प्रविधिको प्रयोग मार्फत हुने लैङ्गिक हिंसा न्यूनीकरण
प्रविधिको प्रयोग गरी कसरी हुन्छ लैङ्गिक हिंसा ? यसका कानूनी ब्यवस्था तथा अवस्थाका सन्र्दभमा भएका केहि विषयहरु यहाँ प्रस्तुत गरिएको छ ।
– प्रविधिको प्रयोग मार्फत हुने लैङ्गिक हिंसाका प्रकृतिहरु
– कानूनी व्यवस्था
– लैङ्गिक हिंसा सम्बन्धी तथ्याङ्क
– सामाजिक सञ्जालको सुरक्षित प्रयोग गर्ने उपाय
प्रविधिको प्रयोग मार्फत हुने लैङ्गिक हिंसाका प्रकृतिहरु
डर देखाउनु: (Cyber Bullying)
सामाजिक सञ्जाल तथा इन्टरनेटको माध्यमबाट विभिन्न कारण देखाई डर देखाउने, हेप्ने, धम्क्याउने, गलत कुरा फैलाउने, बेइज्जत गर्ने, हिनताबोध गराउने जस्ता क्रियाकलाप विशेष गरी नचिनेको व्यक्तिसँग अनलाइन तथा इन्टरनेटमा सम्बन्ध गाँस्दा ऋथदभच द्यगििथष्लन मा पर्न सकिन्छ ।
Sexting (यौन आशयले गरिने सन्देश आदान प्रदान)
– इन्टरनेटको माध्यमबाट यौनजन्य चित्र, सन्देश, भिडियो आदि पठाउनु,
– खराब मनसाय बोकेका व्यक्तिहरूले बालबालिकाहरूलाई त्यस्ता क्रियाकलापमा उत्प्रेरित गराउन यस्ता किसिमका मेसेजहरू पठाउने,
– यसबाट बालबालिकाहरू बिस्तारै दुव्र्यवहारको शिकार हुने,
– कुनै व्यक्तिलाई पैसाका लागि वा यौनजन्य चाहना पूरा गर्नका लागि दिइने मानसिक वा नैतिक दबाब,
– सामान्यतया पीडकले उनीहरूबीच आदान–प्रदान भएका तस्वीर÷ भिडियो आदिको दुरुपयोग गरी त्यस्ता क्रियाकलापमा संलग्न हुन दबाब दिने,
– उनीहरुले गोप्य तस्वीर वा भिडियो, मेसेज सार्वजनिक गरिदिन्छु भनी आर्थिक वा अन्य प्रकारका दबाब दिने,
Child Pornography (बाल अश्लीलता)
बालबालिकाहरूलाई इन्टरनेट वा सामाजिक सञ्जालको माध्यमबाट अश्लील यौनजन्य क्रियाकलाप गर्न लगाई खष्मभय, उजयतय तथा mभककबनभ तयार गरी प्रकाशन तथा प्रशारण गर्नु, जस्तैः बालबालिकालाई नग्न तस्वीर खिच्न लगाउनु, अश्लील कुराकानी गर्नु तथा त्यसलाई इन्टरनेटमा प्रकाशन गर्नु,
छलकपट (Phishing)
इमेल, सामाजिक सञ्जाल, वेव साईट जस्ता माध्यमबाट महत्वपूर्ण सूचना, पासवर्ड, बैंक एकाउन्ट, क्रेडिट कार्डको पिन लगायतका गोप्य सूचनाहरू पत्ता लगाई सोको दुरुपयोग गर्नु,
अनलाइन खेल तथा यसको लत
– एक वा बढी व्यक्तिहरू संलग्न भई इन्टरनेटको माध्यमबाट खेलिने खेल,
– तत्कालको लागि ज्ञान बढाउने, मनोरञ्जन दिने, उत्सुकता बढाउने, प्रविधि मैत्री भएको आभास गराउने,
– विस्तारै यसले लत (addiction) बसाउँदै जाने,
– लत गैरकानूनी नभएता पनि हानिकारक हुन सक्छ ।
कानूनी व्यवस्था
विद्युतीय कारोबार ऐन, २०६३ अनुसार अधिकतम रु. २ लाखसम्म जरिवाना र ५ वर्षसम्म कैद हुनेछ ।
मुलुकी अपराध सहिता २०७४
– अनुमती बिना कुनै व्यक्तिको तस्बिर खिच्न वा तस्बिरको स्वरुप बिगार्न नहुने ।
– बिधुतीय माध्यम मार्फत गोपनियता भङ्ग गर्न नहुने ।
– हैरान पार्ने बद्नियतले चिठ्ठी पत्र लेख्न नहुने ।
– यस्तो कार्य गरेमा रु. २० हजार सम्म जरिवाना र २ वर्षसम्म कैद हुने ।
सामाजिक सञ्जालको सुरक्षित प्रयोग
– नचिनेका मानिसहरूको friend request accept नगर्ने,
– प्रेमी/ प्रेमिका, विश्वासिलो व्यक्ति वा अन्य कसैलाई पनि पासवर्ड कजबचभ नगर्ने,
– धेरै समय सामाजिक सञ्जालमा बसिरहनाले लत लाग्न सक्नेतर्फ सचेत हुने,
– सामाजिक सञ्जालमा Chat गर्दा वा Message गर्दा विशेष ध्यान दिने, (nude pictures, videos, vulgar texts, threatening messages etc)
– सामाजिक सञ्जालमा profile picture र अन्य फोटोहरू public setting मा राख्दा ध्यान पु¥याउने,
– सामाजिक सञ्जालमा privacy र security setting मिलाउने,
– सामाजिक सञ्जालमा सुरक्षाका दृष्टिले संवेदनशील व्यक्तिगत जानकारी/ status हरू नराख्ने,
– समय समयमा password परिवर्तन गर्ने,
– Cyber Crime भएमा तुरुन्त नजिकको प्रहरी कार्यलयमा सुचना दिने ।
प्रविधिको सही प्रयोग गरौं । लैङ्गिक हिंसा अन्त्य गरौं ।।





