केपी ओली: राष्ट्रिय संकटमा देशले खोजेको नेतृत्व

जुनसुकै देशले प्रगतिको सही बाटो पक्रेर अघि बढ्न बलियो, सुझबुझयुक्त र विशिष्ट नेतृत्वको खाँचो पर्छ । चीनमा माओत्सेतुङ, देङ सियाओ पिङ र हाल सी जिङपिङ, रुसमा लेनिन, स्टालिन र हाल पुटिन, भारतमा महात्मा गान्धी, नेहरू र हाल नरेन्द्र मोदी, अमेरिकामा क्लिन्टन, ओबामा र हाल ट्रम्पको उदय तथा नेतृत्वलाई ती देशको यही आवश्यकताको कसीमा हेर्ने गरिएको पाइन्छ । नेपालमा निर्विवाद रूपमा भन्न सकिन्छ, टङ्कप्रसाद आचार्य, बिपी कोइराला, पुष्पलाल, मदन भण्डारी, गणेशमान सिंह, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला र हाल प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओली त्यसप्रकारको राष्ट्रिय धुरी व्यक्तित्वका रूपमा स्थापित हुनुहुन्छ ।

नेतृत्व गुण र कला दुवै हो । नीति बाहिर नतिजा खोज्नु नेतृत्वको कौशलता हो । नेतृत्वलाई गुणभन्दा वढी शैली र कला मान्नु पर्दछ । मसिनोसंग नियाल्ने हो भने नेपालमा व्यवस्था र प्रणाली कहिल्यै कमजोर थिएन । व्यवस्था र प्रणालीलाई चलाउने नेतृत्व जिम्मेवार हुन सकिरहेको छैन । व्यवस्थापनको मेरुदण्ड मानिसको कुनैपनि गुणले नेतृत्व गर्न सक्छ भन्ने सिद्धान्तलाई व्यवस्थापनले नकार्दैन । किनकी नेतृत्व वाद र सिद्धान्तबाट मात्र जन्मिँदैन । व्यवहारबाट पनि जन्मिन्छ भन्ने राजनीति र व्यवस्थापनका सिद्धान्तहरु अहिले पनि त्यत्तिकै यथार्थ छन् । भारतमा बहुलवाद र हिन्दुबादले जन्माएको नेतृत्व आज पनि त्यत्तिकै कठोर छ । यो कुनै सिद्धान्तबाट जन्मिएको नेतृत्व होइन । यसै भित्र भारतको राजनीति आजसम्म घुमेको छ । नेपालमा बीपी कोइराला र मदन भण्डारीले सिद्धान्त र बादबाट नेतृत्व जन्माउन खोजेकै हुन् । तर नेपाली राजनीतिलाई पच्य भएन । गुट उपगुट र बिदेशी विचारमा चल्ने नेत्तृवले सिद्धान्त , नीति र मौलिक संस्कृतिलाई संस्थागत नगर्दा भारतको जस्तै कठोर र व्यावहारिक नेतृत्व नेपालले जन्माउन सकेन । जसको संकट आज देशको राजनीतिले भोग्दैछ ।

नेतृत्व सम्बन्धी अध्ययनहरूले भन्ने गरेको छ कि संकट व्यवस्थापनमा साँचो नेतृत्वले नारा होइन, प्रणाली निर्माण गर्छ । प्रियता होइन, प्रदर्शनका माध्यमबाट विश्वास जित्छ । यस्तो नेतृत्वले जनतालाई द्वन्द्व होइन, साझा उद्देश्यतर्फ एकीकृत गर्ने गर्छ । नेपाल र नेपालीहरूले पनि यही कुरा बुझ्नुपर्छ । हाम्रो देशलाई आज सही दृष्टिकोण, साहस र विश्वासिलो कार्यक्षमता भएका नेताहरूको आवश्यकता छ, जसले संकट व्यवस्थापन मात्र होइन, दीर्घकालीन संस्थागत सुधार पनि गर्न सक्छ ।

आज नेपाल आज एउटा निर्णायक मोडमा छ । पुराना वाचा, अन्त्यहीन भ्रष्टाचार र स्वार्थी नेतृत्वबाट जनता थाकिसकेका छन् । यस्ता निराशाको घडीमा एक परिपक्व नेताको आवश्यकता छ । पछिल्लो समय केपी ओलीमा त्यो चिज देखिन थादलेको छ । सेवक नेतृत्वले नैतिकता र जनकल्याणमा केन्द्रित शासन सुनिश्चित गर्छ । लचिलो नेतृत्वले अनिश्चितता बीच पनि स्थायित्व र नवप्रवर्तन कायम राख्न सहयोग गर्छ । यस्तो मिश्रित नेतृत्वले नेपाललाई प्रतिक्रियात्मक राजनीतिबाट हटाई उद्देश्यपूर्ण, जवाफदेही र जनकेन्द्रित शासनतर्फ लैजान सक्छ । जसले संकटलाई चुनौती होइन, परिवर्तनको अवसरका रूपमा उपयोग गर्न सक्षम बनाउँछ । संकट व्यवस्थापनमा साँचो नेतृत्वले नारा होइन, प्रणाली निर्माण गर्छ । लोकप्रियता होइन, प्रदर्शनका माध्यमबाट विश्वास जित्छ । यस्तो नेतृत्वले जनतालाई द्वन्द्व होइन, साझा उद्देश्यतर्फ एकीकृत गर्छ । नेपाल र नेपालीले पनि यही कुरा आत्मसात् गर्नुपर्ने देखिन्छ ।

हाम्रो देशलाई आज सही दृष्टिकोण, साहस र विश्वासिलो कार्यक्षमता भएका नेताहरूको आवश्यकता छ, जसले संकट व्यवस्थापन मात्र होइन, दीर्घकालीन संस्थागत सुधार पनि गर्न सक्छन् । नेपालमा यस्ता किसिमका नेता दुर्लभ छन् । यस्ता नेतृत्व विकास गर्न समाज, पार्टी र राष्ट्रको दीर्घकालीन लगानी आवश्यक हुन्छ । नेपालमा संकट व्यवस्थापन गर्न सक्षम केही सम्भावित नेताहरू देखिएका छन् तर निरंकुश सामन्ती व्यवस्था र कागजमा फ्याँकिए पनि सुषुप्त रुपमा दलहरूभित्र अझै पनि अभ्यासमा रहेकोले तिनको सफलता सहज भने देखिन्न । पैसा, पहुँच र गिरोहले कब्जा गरेको लोकतान्त्रिक प्रक्रियाका बाबजुद दलहरूमा केही सम्भावित अनुहार देखिएका छन् ।
विगत र अहिलेको संविधान, शासकीय संरचना र शासन प्रणालीलाई सर्वमान्य धारणा बनाउने नेता हामीले खासै पाउन सकेनौं । आन्दोलन को नेतृत्व गर्न सफल तर शासनमा असफल नेताहर थुप्रै भेटिए । यसको कारण हाम्रो मौलिक विचार र सिद्धान्त शासनमा नदेखिनु हो ।

नेपालमा कुन धारको नेतृत्व कसले गरेको छ भन्ने अध्ययनकर्ता नै अलमलमा पर्छन् । प्रजातान्त्रिक अभ्यासमा परिपक्क नबन्दै नेताहरु स्वार्थमा फस्नु नेतृत्व विकासको ठूलो अवरोध हो । यो अवरोध हाम्रोमा स्थापित भइसकेको छ । अहिले प्रतिपक्ष नेतृत्व नै शासनका खराबीबाट मुक्त छैन । त्यसैले सर्वमान्य दलका नेतृत्वप्रति जनबिश्वास घटेको छ । जनता त्यागी नेतृत्वको खोजीमा छन् । यो पूर्व प्रधानमन्त्री केपी ओलीले भनेजस्तो नेतृत्व शैलीको खोजीमात्र हेइन । नेतृत्वको गुण र चरित्रको खोजी हो । गुण र चरित्र असल भएपछि नेतृत्व शैलीमा कमै प्रश्न उठ्ने गर्छ । किनकि नेताको शासन गर्ने शैली फरक हुनसक्छ । नेपालको नेतृत्व दलको विभेदबाट कहिल्यै मुक्त भएन । यो नेतृत्व निर्माणको ठूलो चुनौती हो ।

विचार, सिद्धान्त, नीति तर्क गर्ने मूल विषय हुनुपर्नेमा भ्रष्टाचार, अनियमितता, कुशासन बजारका मुद्दा भएका छन् । भ्रष्टाचार, अनियमितता र कुशासनले विचार नीति र सिद्धान्तलाई ओझेलमा पारेको छ । यसमा मुछिएका नेताहरु असल नेतृत्व हुन सक्दैनन । केवल आफ्नो खराबीलाई लुकाउन नेतृत्वको सहारा लिन्छन् । यो हाम्रोजस्तो मुलुकको विशेषता नै हो । नेतृत्वले आफ्ना अवगुण लुकाउन जब शासन गर्छन त्यो भन्दा खराब शासन अरु कुनै हुन सक्दैन । अहिले नयाँ, पुराना र नयाँ चम्किला नेतृत्वहरुको तर्क गर्ने एकमात्र विषय भ्रष्टाचार छ । भ्रष्टाचार कारण होइन परीणाम हो । नेता र नेतृत्वले आफ्नो गुण, विचार र नीति माथि अतिक्रमण गर्दा भ्रष्टाचार बढेको हो । यस्ता अतिक्रमण गर्ने नेताहरु नै अहिले हाम्रा सर्वमान्य नेतृत्वमा छन् जो सधैभरी नेता हुन मन पराउँछन् । चाहे आफ्नो पार्टी अन्यत्रै विलिन नै गर्नु किन नपरोस्, जस्तोसुकै भाष्य तयार गरेपनि नेताको आफ्नो उमेर, समय र परिस्थिति हुन्छ । तर यो मान्न नेपालको नेतृत्व तयार छैन । त्यसैले नेपालमा नेतृत्व निर्माणमा दोस्रो र तेस्रो पुस्ताको विश्वास टुटेको छ ।
शासनमा नेतृत्वको स्रोत राजनीति हो । राजनीतिले नीतिको नेतृत्व गर्छ । राजनीति बाहिरको नेतृत्व कठोर हुन्छ । जब उदार नेतृत्वले आफ्नो गुण जनअनुकूल बनाउँदैन । त्यसपछि जनता कठोर नेतृत्वको खोजी गर्छन् । यो संसारको राजनीतिमा भएकै कुरा हो । हाम्रोमा सरकार परिवर्तन पिच्छे नीति परिवर्तन हुन्छन् । एउटै दल नेताहरु सरकार गए सँगै विचार परिवर्तन गर्छन् । एउटा विचारले जनमत जितेको नेता सरकारमा गएपछि अर्कै विचारको हुन्छ । सायद यही प्रजातान्त्रिक अभ्यास होला । तर सत्ता र सुविधाका लागि बिचार परिवर्तन गर्ने थुप्रै आशालाग्दा नेताहरु कता हराए पत्तै छैन । यो बिडम्बना कतिञ्जेल भोग्नुपर्ने हो थाहा छैन । किनकि कुन नेताको नेतृत्व को होरु थाहा पाउँदा रहस्य जस्तै लाग्छ ।

नेतृत्व विकासको लागि शासकीय स्वरुप कठोर र अनुशासित हुनुपर्छ । राष्ट्रपतीय वा प्रधानमन्त्रीय पद्धति जे भएपनि नेतृत्व सर्वमान्य र कठोर चाहिन्छ । हाम्रोजस्तो अर्थ समानुपातिक निर्वाचन प्रणालीले बलियो नेतृत्व जन्म हुन गाह्रै पर्छ । किनकि सत्ताकै लागि समिकरण र मेलमिलाप गर्न दृढ र विचार निष्ठा नेतृत्वले सक्दैन । यो संवैधानिक बाध्यता हाम्रोमा सधैंभरि रहिरहन्छ । जनताको चेतनामा विस्तार र नेतृत्व त्याग नेतृत्व निर्माणका पूर्वसर्त हुन । हाम्रोमा नेतृत्व त्याग गर्न कोहि चाहँदैन । क्रमिक पुस्तान्तरण हुन नसक्नु नेतृत्व विकासको ठूलो बाधा बनेको छ । इतिहासदेखि वर्तमानसम्म यो चेत कसैलाई आएन । अहिले नेपालको शासन र संरचना नेतृत्वकै कारण संकटमा छ । नेतृत्व शैली बुझेका नेताहरु व्यक्तिगत स्वार्थ, गुट÷उपगुट र दलभन्दा माथि उठ्न नसक्नाले विचारलाई नीतिमा परिवर्तन गर्न असफल छन् । तर उनीहरु यो असफलतालाई स्वीकार गर्न तयार छैनन् । यो शासनको खराबी होइन । नेतृत्वको असफलता हो ।

नीति र विचारको हिसाबले नेपालमा नेतृत्व नजन्मिरहेको बेला व्यवहारवादी नेताहरुले शासनमा स्थान पाउन सकेनन् । ५ पटक प्रधानमन्त्री बन्न पाउनु तर जम्माजम्मी १ कार्यकाल पूरा हुन नसक्नु राजनीतिक बिडम्बना हो । सायद दलहरूको पनि आफ्नै बाध्यता होला ! तर यो बाध्यता अबको समयमा लुकाएर लुक्दैन । समयले नेतृत्व जन्माउँछ भन्ने विश्वासमा जनमत सिर्जना हुँदै छ । देशमा मात्र नभएर विश्वमा गर्व गर्ने वातावरण बनाउनुभएका अध्यक्ष ओलीलाई फेरि सरकारको नेतृत्वमा र्पुयाउने कर्तव्य सबै नेपाली जनताको हो । नेपाल विकास र समृद्धिको खाका खोर्ने र समृद्ध नेपाल सुखी नेपालीको अभियान चलाउने कामको नेतृत्व ओलीले नै गर्दै आएका हुन् । राष्ट्र, राष्ट्रियता, विकास, समृद्धि, भौतिक पूर्वाधार लगायत हरेक क्षेत्रमा केपी ओलीको राम्रो काम गरेका छन् ।

पुष्पलाल, रामनाथ दाहाल र मदन भण्डारीलाई विशेष रूपमा सम्मान गर्नुहुने प्रधानमन्त्री केपी शर्मा ओली मान्छेमा अन्तर्निहीत क्षमता, पहलकदमी र सक्रियताको संयोजनमा नयाँ पुस्ताको खास हिमायती हुनुहुन्छ । साधारण भुइँमान्छे उहाँको आफ्नो खास वर्ग हो । व्यक्तिगत मेहनत, परिश्रम र पौरखको बलमा चुनौतीसँग पौठेजोरी खेल्दै उहाँको आजको विराट् व्यक्तित्व निर्माण भएको छ । जेलबाट छुटेपछि पाटन निवासी राधिका शाक्यसँगको विवाहले उहाँलाई पारिवारिक जीवनमा आबद्ध गरी प्रतिकूल स्वास्थ्यको विशेष ख्याल गर्न सहयोग पुगेको यथार्थ सबैका सामु छर्लङ्ग छ ।

आफ्नो र श्रीमती शाक्यको सम्पूर्ण सम्पत्ति ट्रस्टमार्फत जीवनको शेषपछि राष्ट्रको नाममा सुम्पने निर्णय गरेर उहाँले सबैका निम्ति उदाहरणीय कार्य गर्नुभएको छ । दुई–दुई पटक मिार्गौला प्रत्यारोपण गरी टीबी, एपेन्डिसाइटिस र अन्य जटिल रोगहरूसँग जुझ्दै आफ्नो भौतिक शरीरलाई आधुनिक स्वास्थ्य विज्ञान र उपचार पद्धतिको प्रयोगशालाकै रूपमा उहाँले सदुपयोग गर्नुभएको छ भन्दा अत्युक्ति हुँदैन । राजनीतिक जीवनलाई सर्वोपरि रूपमा नेपाली जनताको नियतिमा परिवर्तन, सुख, खुसी र समृद्धिका पक्षमा समर्पित गरिरहनुभएको छ । त्याग, निष्ठा, विचार निर्माण र कार्यान्वयनमा उहाँ एक अद्वितीय व्यक्तित्व र सधैँकका रूपमा क्रियाशील हुनुहुन्छ । वास्तवमा यो नै केपी शर्मा ओलीको वास्तविक सपना, सङ्घर्ष र संकल्पको त्रिआयामिक व्यक्तित्व बन्न पुगेको छ ।