एसीसी यू–१९ प्रिमियर कपमा नेपाल उपविजेता

एसीसी १९ वर्षमुनिको पुरुष प्रिमियर कप क्रिकेटमा नेपाल उपविजेता बनेको छ । आज भएको फाइनलमा नेपाल यूएईसँग २७ रनले पराजित भयो ।

यूएईले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको नेपाल ३३ ओभर २ बलमा १ सय २० रन बनाउँदा अलआउट भयो । नेपालका कप्तान अशोक धामीले सबैभन्दा धेरै ३४ रन बनाए । यूएईका युग जय शर्मा र अली असगर शम्सले ३र३ विकेट लिए ।

यसअघि घरेलु मैदान कारवानमा टस हारेर ब्याटिङ गरेको यूएई ४५ ओभर ५ बलमा १ सय ४७ रन बनाउँदा अलआउट भयो । यूएईका अहमद खुदादादले सबैभन्दा धेरै ७१ रन बनाए । नेपालका दयानन्द मण्डलले ६, अपराजित पौडेलले २ तथा नितिशकुमार पटेल र कप्तान अशोक धामीले १÷१ विकेट लिए ।

नेपाल र यूएई यसअघि नै एसीसी १९ वर्षमुनिको एशिया कपमा छनोट भएका छन् । १९ वर्षमुनिको एशिया कप यही डिसेम्बर १२ देखि यूएईमै शुरू हुँदैछ ।