यू-टर्न इन्टरनेशनलद्वारा बनेपामा एपी नेचर थेरापी र सेल्स सेन्टरको उद्घाटन

by | मंसिर १५, २०८२

यू-टर्न इन्टरनेशनलद्वारा बनेपामा एपी नेचर थेरापी र सेल्स सेन्टरको उद्घाटन

बनेपा / चिन्तामुक्त मानव,निराेगी समाज,उद्यमशील राष्ट्र र गाैरवशाली यू- टर्न मुल नारा रहेकाे यू-टर्न इन्टरनेशनल प्रा.लि. ले काभ्रेको बनेपास्थित नगरपालिका बसपार्क जाने स्थानमा ‘काभ्रे एपी नेचर थेरापी सेन्टर’ र ‘यु-टर्न सिटी सेल्स सेन्टर’ को उद्घाटन समारोह सम्पन्न गरेको छ।

​उद्घाटन समारोहको अध्यक्षता विक्रीकेन्द्र प्रमुख नानी राम कार्कीले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथिका रूपमा यू-टर्न इन्टरनेशनल प्रा.लि. का अध्यक्ष्य बलराम सुवेदी र विशिष्ट अतिथि बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य र वडा नं. ८ का अध्यक्ष्य शुभलक्ष्मी मानन्धरको उपस्थिति रहेको थियो।

​उक्त कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख शाक्य, यू-टर्न सेभेन स्टार हरिशचन्द्र पोखरेल र कृषिविज्ञ तथा राष्ट्रिय टेनर पुष्पराज सापकोटाले यू-टर्नको उद्देश्य र उपलब्धिको बारेमा थप जानकारी दिँदै प्रकाश पारेका थिए ।