नेकपा एस कोशीका उपसचिव लामा एमाले प्रवेश

काठमाडौँ / विघटित नेकपा एस कोशी प्रदेशका उपसचिव छिरिङ लामा एमाले प्रवेश गरेका छन् । उनी जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख समेत हुन् ।

एकीकृत समाजवादी र माओवादी सहितका दलहरूका बीचमा एकता भएर नेपाली कम्युनिष्ट पार्टी बनेपछि असन्तुष्ट लामा ‘घर फर्क’ अभियानअन्तर्गत एमालेमा प्रवेश गरेका हुन् ।

पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्वो, कार्यवाहक अध्यक्ष दिपेन पोमु, पूर्व जिल्ला अध्यक्ष भूपेन्द्र थेबेलगायतले लामालाई स्वागगत गरेका छन् । लामासँगै २५ जना समाजवादीका नेता एमाले प्रवेश गरेको छन् ।