भकुण्डेमा योग विज्ञान शिविर सञ्चालन
भकुण्डे/पत्तञ्जली योग समिति काभ्रे, महिला पतंजली योग समिति काभ्रे, युवा प्रभारी नेपाल तथा पतंजली योग समिति नमोबुद्ध नगर समितिको आयोजनामा तथा नमोबुद्ध नगरपालिका र जनक माध्यमिक विद्यालय एवं ग्रामिण पाठशालाको सहकार्यमा ३ दिने निशुल्क योग विज्ञान शिबिर शुरु भएको छ ।
शिबिरको उद्घाटन पतंजली योग समिति बागमती प्रदेशका अध्यक्ष गु्रबेन तौजलेले गरेका थिए । तौजलेले योग अभ्यास प्रणायाम र ध्यान साधना लगाएत स्वस्थ जिवन जिउने तरीका बारे शिबिरमा बताएका थिए । शिबिरमा पंतजली योग समिति बागमती प्रदेश सदस्य दमन कुमार श्रेष्ठ, काभ्रे जिल्ला अध्यक्ष प्रकास कायस्थ, महिला समितिका निवर्तमान अध्यक्ष अनु श्रेष्ठ, उपाध्यक्ष कमला राजभण्डारी, महामन्त्री द्धय श्याम कुमार श्रेष्ठ, लक्ष्मी उलक, नमोबुद्ध नगर समिति अध्यक्ष मैना उप्रेती श्रेष्ठ लगाएतका पदाधिकारीहरु र योग साधकहरुको उपस्थिती रहेको सञ्चार प्रभारी मिलनभक्त श्रेष्ठले बताए । शिबिरमा १ सय जना भन्दा बढीको सहभागीता रहेको थियो ।






