काभ्रे माविका कक्षा १० मा अध्यनरत विद्यार्थीहरुले दुर्घटना विरुद्धको अभियान चलाए

बनेपा/ काभ्रे माध्यमिक विद्यालयको कक्षा १० मा अध्यनरत विद्यार्थीहरुले अरनिको राजमार्ग अन्र्तगत चारदोबाट देखी तिनदोवाटो सम्म दुर्घटना बिरुद्धको अभियान चलाएका छन् ।

जिल्ला प्रहरी काभ्रेको प्राविधिक सहयोगमा सडकमा डिभाइडरहरू विस्तार गर्ने, प्रतिबिम्बित स्टिकरहरू राख्ने र दृश्यता र सुरक्षा सुधार गर्न साइनबोर्डहरू राखेको विद्यार्थी प्रलब कर्णजितले बताए ।

कर्णजितले कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुले अरनिको राजमार्गमा बढ्दो दुर्घटनाका कारण दुर्घटना विरुद्धको अभियान चलाएको बताए । हामिले नगरपालिका, जिल्ला ट्राफिक कार्यालय, सडक डिभिजन लगाएतका सम्बन्धित ठाँउमा आफ्नो अभियानमा सहयोग गर्न आग्रह गरेको कर्णजितले बताए ।

हाम्रो प्रयासले सकारात्मक परिवर्तन ल्याउनेछ र आगामी दिनहरूमा दुर्घटनाहरू न्युनिकरण गर्न मद्दत गर्नेछ, सुधार गर्न अझै धेरै छ, तर हरेक सानो कदमले फरक पार्छ, साना पाइलाहरूले माइलको यात्रा गर्न सक्छ । आफ्नो देश बदल्न आफ्नो मन बदल्न सक्ने कर्णजितले बताए । अभियानमा काभ्रे माध्यमिक विद्यालयका प्रिन्सिपल कुमार मानन्धर, सहायक प्रिन्सिपल केशव श्रेष्ठ शिक्षक, विद्यासागर माविका प्रधानाध्यापक हीरा शर्मा नेपाल, जिल्ला ट्राफिक कार्यलय, परफेक्ट फ्लेक्स लगाएतको सहभागिता रहेको थियो ।