उज्यालो नेपाल पार्टीको घोषणा सभा सुरु

काठमाडौं / उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा सभा सुरु भएको छ । बुधबार राजधानीको प्रज्ञा भवनमा उक्त पार्टीको औपचारिक घोषणा सभा सुरु भएको हो । 

घोषणा सभामा उज्यालो नेपालका संरक्षक समेत रहेका मन्त्री कुलमान घिसिङ पनि केहीबेर अघि पुगेका छन् । कार्यक्रममा ऊर्जामन्त्रीसमेत रहेका कुलमान घिसिङ उपस्थित भएका छन् ।

पार्टीको कार्यक्रममा उनी सहभागी भएर औपचारिक सम्बोधनको तयारी रहेको उनी निकट स्रोतले जानकारी दियो । उक्त पार्टी यसअघि नै निर्वाचन आयोगमा दर्ता भइसकेको छ ।