१५ जिल्लाका १७ पालिकामा अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रले मनायो अपाङ्गता भएका ब्यक्तिहरुको ३४ औं अन्तर्राट्रिय दिवस

बनेपा/अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र बनेपाले अपाङ्गता भएका ब्यक्तिहरुको ३४ औ अन्तर्राष्ट्रिय दिवस विशेष कार्यक्रमका साथ मनाएको छ । विशेषगरी उपचारार्थ अपाङ्गता भएका बालबालिकाहरुको प्रतिभा प्रस्फुटनका लागि चित्रकला र गायन कार्यक्रम आयोजना गरिएको थियो । सहभागिहरुलाई अस्पतालका संस्थापक प्राध्यापक डा.अशोक बाँस्कोटाले मायाको चिनो प्रदान गरेका थिए ।
‘हामी सबैले अपाङ्गता भएका बालबालिकाहरुलाई माया गरौं । अझ धेरै उपचार पछि घर फर्किएका बालबालिकाहरुको हेरचाहमा अभिभावकहरुले ध्यान पु¥याउ । उपचार राम्रो भएर पनि हेरचाह राम्रो गर्न सकिएन भने सहज हुन सक्दैन’–प्रा.डा.अशोक बाँस्कोटाले भने–‘अभिभावकहरुका लागि सचेतना र हेरचाहका लागि दिएका निर्देशन पुरा गर्न सकियो भने बालबालिकाहरुले नयाँ जीवन पाउने छन् ।’ अस्पतालका संस्थापक डा.बास्कोटाले जतिसुकै र जस्तोसुकै अपाङ्गता भएका बालबालिकाहरुले पनि अध्ययनलाई निरन्तरता दिन र भविश्यमा आत्मनिर्भर बन्न सहयोगी बन्ने शिक्षाको गुणस्तरलाई ध्यान दिन अनुरोध गरे ।

कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा.विवेक बास्कोटा, प्रशासकीय प्रमुख प्रकाश कुमार यादवले सहभागि बालबालिकाहरुलाई मायाको चिनो प्रदान गर्नु भएको थियो । अस्पतालका सिविआर कार्यक्रम संयोजक नित्रबहादुर देउजाले अस्पताल स्थापना देखि हालसम्म अपाङ्गता भएका बालबालिकाहरुका लागि गरिएका कार्यहरुका बारेमा जानकारी गराउँदै नेपालका विकट देखि सुगमसम्मका बालबालिकाहरुले सहज उपचार पाउन सफल भएको बताए । कार्यक्रम संयोजक देउजाले अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रले संचालन गरेका विविध कार्यक्रमहरुका बारेमा जानकारी गराउँदै सन् १९८० मा डब्लुएचओले अपाङ्गता र सिविआर सम्वन्धी विषयमा मापदण्ड तयार गरेको बताएका थिए ।

अपाङ्गता समावेशी समाजको प्रवद्र्धनः सामाजिक उन्न्तीको सम्वद्र्धन भन्ने नाराका साथ यो वर्ष ३४ औ अन्तर्राष्ट्रिय दिवस मनाईएको छ । अपाङ्ग बाल अस्पतालले सिन्धुपाल्चोकको मेलम्चीमा, दोलखाको भिमेश्वर नगरपालिकामा, सिरहाको लहानमा, रौतहटको चन्द्रनिगाहापुर नगर अस्पतालमा, बाराको जितपुर सिमरा उपमहानगरपालिकामा, झापाको विर्तामोडमा मसिंर १७ गते नै विविध कार्यक्रम आयोजना गरेको छ भने भोली मसिंर १८ गते पिआरसी कार्यालय ईटहरीमा घुम्ति शिविर आयोजना गरिएको छ । १५ जिल्लाका १७ वटा पालिकाहरुमा अपाङ्ग बाल अस्पतालका तर्फबाट सक्रिय सहभागिता रहेको संयोजक देउजाले जानकारी दिए ।
कार्यक्रममा सेवाग्राही अभिभावक जाजरकोट जिल्लाका वडा अध्यक्ष समेत रहेका जनप्रतिनिधी प्रदिप चलाउनेले अस्पताले दिएको सेवा बयान गरी साध्य नभएको बताए । ‘पारिवारीक एवं ब्यवहारीक, औषधोउपचार तथा अन्य सेवा पारिवारीक वातावरणमा उपलब्ध गराएको छ’–अभिभावक प्रदिप चलाउनेले भने–‘अपाङ्ग बाल अस्पतालले अपाङ्गता भएका धेरै बालबालिकाहरुका लागि पुर्नजीवन प्रदान गरेको छ ।’ विकट जिल्लाका नागरिकहरुको पहुँच नपुग्दा अस्पताल टोल टोलमा पुगेर विरामीहरुको पहिचान, उपचार र पुनस्र्थापना गरिरहेको बताउँदै चलाउनेले स्थानीय तथा प्रदेश र संघ सरकारको समन्वय र सहयोग आवश्यक भएको बताए । कार्यक्रममा बालबािलकाहरुले प्रतिभा प्रस्तुत गरेका थिए ।