महाधिवेशनमा बोल्न पाइँदैन भनेका छैनौँः विष्णु पौडेल
एमाले उपाध्यक्ष विष्णु पौडेलले महाधिवेशनमा फरक विचार राख्न पाउने बताएका छन् । भदौ तेस्रो साता भएको विधान महाधिवेशनले नीति र विधि पारित भएकाले नेतृत्वमा केन्द्रित हुने बताए ।
‘दुई महाधिवेशनको व्यवस्था नीति र विधि महाधिवेशन, ११औं महाधिवधेशन नेतृत्व निर्माण गर्ने महाधिवशेन हो । प्रतिवेदन महाधिवेशमा प्रस्तुत हुन्छन् । कसैलाई केही लाग्यो भने बोल्न पाइँदैन भनेका छैनौँ । मुखमा टेप टाँस्न भनेका छैनौं,’ उनले बुधबार आयोजित एक कार्यक्रममा भने ।
पार्टीमा पर्याप्त छलफल गरेर निष्कर्ष निकालिसकिएको दाबी गर्दै पौडेलले ती विषयमा सहमति हुने बताए । अध्यक्षले बोल्न दिन्नँ भन्नुभयो, म मात्र बोल्छु भन्ने टिप्प्पणी धेरै सान्दर्भिकता देख्दिनँ, ओलीको भनाइको बचाउ गर्दै उनले भने । केही दिनअघि ओलीले भनेका थिए, यसपालिको महाधिवेशनमा छलफल हुँदैन, मैले बोलेपछि सकिन्छ ।






