आज सुनचाँदीको मूल्य घट्यो आज

by | मंसिर १८, २०८२

आज सुनचाँदीको मूल्य घट्यो आज

काठमाडौँ / नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा आठ सय रुपैयाँले घटेर २ लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बुधबार सुन तोलाको  २ लाख ५४ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले घटेर ३ हजार ६२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ६५५ रुपैयाँमा कायम भएको थियो ।