पोखरेल पक्षका नेताहरुले ओलीलाई सोधे– प्रतिनिधि चयनमा किन जालझेल गर्नुपर्यो ?
नेकपा एमालेको ११ औँ महाधिवेशन नजिकिँदै गर्दा अध्यक्षमा प्रतिस्पर्धा गर्ने तयारी गरेका नेता ईश्वर पोखरेल लगायतले भक्तपुरको गुण्डु पुगेर अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्।
उनलाई भेट्न बिहीबार बिहान पोखरेल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे र योगेश भट्टराई गएका थिए। भेटमा महाधिवेशन प्रतिनिधि चयनमा देखिएको समस्याबारे ध्यानाकषर्ण गराएको शाक्यले जानकारी दिइन्।
एमालेले गत शनिबार देशभर एकसथा प्रतिनिधि चयन गरेको थियो। दाङ, भोजपुर ओखलढुंगाा लगायतका ठाउँमा विवाद देखिएको छ।
केन्द्रीय संगठन विभागले कतिपय ठाउँमा पुनः प्रतिनिधि चयन गर्न निर्देशन दिएको र कतिपय ठाउँमा उजुरी पर्दा समेत नबोलेको भन्दै त्यसमा नेताहरूले ओलीको ध्यानाकषर्ण गराएका थिए।
शाक्यका अनुसार जवाफमा ओलीले भनेका थिए–त्यस्तो नहुनु पर्ने, निर्वाचन गरेको भए भइहाल्थ्यो नि।
मंसिर २७ गतेदेखि सुुरु हुने महाधिवेशनमा अध्यक्ष ओलीलाई अध्यक्षमा टक्कर दिन पोखरेलले छुट्टै प्यानल उठाउने तयारी गरेका छन् । उनलाई शाक्य, युवराज ज्ञवाली, पाण्डे, भट्टराई, गोकर्ण बिस्ट लगायतले साथ दिएका छन्।
यसमा पूर्वराष्ट्रपति विद्या भण्डारीको साथ छ।






