प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति आउन अब ९० दिन बाँकी
काठमाडौँ/आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले तयारी तीव्र बनाएको छ । राजनीतिक दलहरू पनि आन्तरिक तयारीमा केन्द्रित छन्।
समानुपातिकतर्फका लागि राजनीतिक दलले मङ्सिर २१ गते बिहान १० देखि ४ बजेसम्म आवेदन दिनुपर्नेछ र त्यसको सूची मङ्सिर २४ गते प्रकाशित हुनेछ। दलहरूले पुस १३–१४ गते उम्मेदवारको बन्दसूची पेस गर्नेछन् भने माघ ३० गते अन्तिम सूची प्रकाशित हुनेछ।
प्रत्यक्षतर्फ माघ ६ गते मनोनयन दर्ता र सूची प्रकाशन हुनेछ। माघ ७ गते विरोध उजुरी, माघ ८ गते नामावली प्रकाशन र माघ ९ गते नाम फिर्ता तथा अन्तिम सूचीसहित निर्वाचन चिह्न प्रदान गरिनेछ।






