आज सुनचाँदीको मूल्य घट्यो

by | मंसिर १९, २०८२

आज सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ / नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा नौ सय रुपैयाँले घटेर २ लाख ५२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बिहीबार सुन तोलाको २ लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ११० रुपैयाँले घटेर ३ हजार पाँच सय ५५रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला३ हजार ६२५ रुपैयाँमा कायम भएको थियो ।