काठमाडौ विश्वविद्यालय हाई स्कुल चौकोटले गल्ति सुधार्ने प्रतिवद्धता सहित गठन गर्‍यो छानविन समिति

by | मंसिर १९, २०८२

काठमाडौ विश्वविद्यालय हाई स्कुल चौकोटले गल्ति सुधार्ने प्रतिवद्धता सहित गठन गर्‍यो छानविन समिति, संलग्न कर्मचारीलाई स्पस्टिकरण

धुलिखेल/खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय काभ्रेपलाञ्चोकको अनुगमन टोलीले काठमाण्डौ युनिभर्सिटि हाई स्कूलको क्यान्टिन एवम खाद्य स्टोरमा अनुगमनका क्रममा भेटिएको कमजोरी स्वीकार्दै तत्काल सुधार्ने प्रतिवद्धता ब्यक्त गरेको छ ।
शुक्रबार मसिंर १८ गते विद्यालय व्यवस्थापन समितिको आकस्मिक बैठक बसी घटनाका सम्बन्धमा सत्य तथ्य पत्ता लगाउन अनुसन्धान समिति समेत गठन गरेको प्रधानाध्यापक नारद रिजालले बताए । बैठकले सम्बन्धित निकायमा कार्यरत जिम्मेवार कर्मचारीहरुलाई सात दिन भित्र लिखित स्पष्टीकरण पेश गर्ने गरी स्पस्टिकरण माग गर्ने निर्णय गरेको छ ।

कसुरमा संलग्न शङ्कास्पद व्यक्तिहरुलाइ तत्काल सम्बन्धित जिम्मेवारीबाट अलग गरिएको र अनुसन्धान समितिलाई सत्य तथ्य पत्ता लगाउन सहयोग गर्न अनुरोध गरिएको काठमाडौ युनिभर्सिटि हाई स्कुलद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । साथै भविष्यमा यस किसिमका घटना हुन नदिन विद्यालय परिवार सजग र सचेत रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विद्यालयले उल्लेखित घटनालाई गम्भीरतापूर्वक लिई आवश्यक कानुनी एबम प्रशासनिक प्रक्रिया अघि बढाईसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ । विद्यालयको परिवर्तित प्रशासन तथा ब्यबस्थापन घटनाहरुप्रति अत्यन्त सम्बेदनशील रही आगामी दिनमा विद्यालयको समग्र उन्नतिका लागि निरन्तर लागि पर्ने ब्यहोरा विज्ञप्तमिा उल्लेख गरिएको छ । सम्पूर्ण अभिभावकहरु, विद्यार्थीहरु लगायत समस्त शुभचिन्तकहरुको साथ र सहयोगको अपेक्षा गरिएको विद्यालयले जानकारी दिएको छ ।