बालमैत्री स्थानिय शासन घोषणा र दिगोपनाको लागि अन्तरपालिका स्तरीय अभिमुखिकरण तथा कार्ययोजना निर्माण गोष्ठि

पनौती/ बालमैत्री स्थानिय शासन घोषणा र दिगोपनाको लागि अन्तरपालिका स्तरीय अभिमुखिकरण तथा कार्ययोजना निर्माण गोष्ठि पनौतीमा सम्पन्न भएको छ ।

गोष्ठिमा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले १३ वटै पालिकाको कार्यपत्र प्रस्तुती गरेका थिए । जिल्लाको अबस्था र अवको भुमिका लगाएत पालिका स्तरमा भएका प्रगतीका बारेमा बताएका थिए ।

समन्वय समितिले धुलिखेल, बनेपा, पनौती नगरपालिका तथा बेथान्चोक गाँउपालिका, खानीखोला गाउँपालिका, प्रमुख उप प्रमुख, वडा अध्यक्षहरु, प्रमुख प्रशासयिक अधिकृत, नगर स्तरीय बाल सञ्जालका प्रतिनिधहरु, सिविन बाल गृहका प्रतिनिधहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा पनौती नगरपालिका उप प्रमुख गिता बञ्जारले स्वागत मन्तब्य राखेकी थिईन भने शुभकामना मन्तब्य नगर प्रमुख रामशरण भण्डारी, समन्वय अधिकारी शिब प्रसाद हुमागाई, जनस्वास्य प्रमुख रागिश्री कक्षपती श्रेष्ठ लगाएतले राखेका थिए ।

कार्यक्रममा गौतमले यस अघि महाभारत, तेमाल, रोशी गाँउपालिका र नमोबुद्ध नगरपालिकामा, मण्डनदेउपुर, पाँचखाल नगरपालिका र भुम्लु, चौरीदेउराली गाउँपालिकाको सम्पन्न गरिसकेको बताए ।