भालचन्द्र माध्यमिक विद्यालयको ६६ औं जन्मजयन्ती विविध कार्यक्रम सहित मनाइयो

पनौती/ पनौती नगरपालिका–१ मानेदोभानमा रहेको श्री भालचन्द्र माध्यमिक विद्यालयको जन्मोत्सव विविध कार्यक्रम सहित मनाइएको छ । विद्यालय स्थापनाको ६५ औं वर्ष पुरा गरी ६६ वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रममा विद्यालयको ऐतिहासिक अभिलेखहरु, गतिविधिहरु, लेख रचना समेत समेटेर तयार पारिएको भालचन्द्र दर्पण नामक स्मारिका बिमोचन गरिएको छ । विभिन्न खेलमा सहभागी विजेता विद्यार्थीलाई पदक वितरण, शिक्षक सम्मान तथा विविध मनोरञ्जनात्मक कार्यक्रमहरूका साथ जन्मोत्सव मनाइएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम बहादुर तामाङको अध्यक्षता रहेको कार्यक्रममापनौती नगरपालिकाका प्रमुख रामशरण भन्डारीको प्रमुख आतिथ्यता रहेको थियो भने उपप्रमुख गिता बन्जाराको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रम विद्यालयका शिक्षक भोलानाथ ढुङ्गानाले सन्चालन गरेका थिए। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चन्द्र प्रसाद तिमल्सिनाले स्वागत गर्दै भालचन्द्र माविको विगत देखि हालसम्मका गतिविधिहरुको समिक्षा र भावी अठोट प्रस्तुत गरेका थिए ।

स्मारिका बिमोचन, बिजेता विद्यार्थीलाई ट्रफी वितरण र शिक्षक सम्मान गर्दै कार्यक्रमका प्रमुख अतिथी नगरप्रमुख रामशरण भन्डारीले भालचन्द्र मावि पनौतीकै अब्बल विद्यालय रहेको, विद्यालयले निरन्तर प्रगति गरिरहेको भन्दै विद्यालयको अझै भव्य सफलताको शुभकामना व्यक्त गरेका छन् ।

उपप्रमुख गिता बन्जाराले विद्यालयको सफलताको लागि सबैलाइ धन्यवाद दिदै नगरपालिकाले शिक्षक दरबन्दी व्यवस्थापन लगायतमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । कार्यक्रममा बालबालिकाले नृत्य लगायत आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदम बहादुर तामाङले विद्यालय स्थापनादेखि हालसम्म योगदान गर्ने सबैलाइ धन्यवाद र आभार व्यक्त गरेका छन् ।