खानीखोलामा घरमा आगलागी हुँदा ८४ वर्षिय वृद्धाको जलेर मृत्यु
खानीखोलामा एक वृद्धाको जलेर ज्यान गएको छ । आज विहान घरमा आगलागी हुँदा ८४ वर्षिय माइलीमाया थिङको जलेर मृत्यु भएको हो । विहान करिव ९ बजेको समयमा खानीखोला गाउँपालिका–३ स्थित भक्त बहादुर थिङको घरमा आगलागी भएको थियो । घटना बारे थप विवरण आउन बाँकी छ ।





